कनकाई अनलाईन
झापाको भद्रपुरमा भएको रात्रीकालिन भद्रपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कनकाई फुटबल क्लवले जितेको छ ।
शुक्रवार राती भएको फाइनल खेलमा न्यू स्टार क्लव खोपबाडीविरुद्ध १–० को रोमाञ्चक जीत निकाल्दै कनकाई फुटबल क्लवले रात्रिकालीन भद्रपुर गोल्डकपको उपाधि रक्षा गरेको हो ।
एलेभेन साइनिङ स्टार भद्रपुरले जिल्लामै पहिलो पटक आयोजना गरेको रात्रिकालीन फुटबलअन्तर्गत शुक्रबार राति भएको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा कनकाईले १ — ० गोल अन्तरको कठिन जित निकाल्दै नगद १ लाख रुपैँयासहितको उपाधि जितेको हो । दोस्रो भएको खोपबाडीले नगद ५० हजार रुपैँया पाएको छ । बिजयी टिमका लागि एकमात्रै गोल मध्यान्तरअघि रोहन कार्कीले गर्नुभयो । बाकी समयमा दुबै टिमले गोलको अवशर श्रजना गरेपनि गोल गर्न नसक्दा जिल्लामा प्रथमपटक आयोजना भएको रात्रीकालीन फुटबलको उपाधि कनकाईले रक्षा गरेको हो ।
विजयी टिमका गोलकर्ता रोहन प्रतियोगिताकै उत्कृष्ट खेलाडी समेत बन्नुभयो ।
बिजयी तथा उपबिजयी टिमलाई भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष भीम सुब्बा, वडा नं ३ की वडाध्यक्ष कमला थुलुङ, वडा नं ५ का वडाध्यक्ष बन्धु कार्कीलगायतले नगद र शील्ड प्रदान गर्नुभयो । दुबै पुरस्कार राशी भद्रपुर नगरपालिकाले प्रदान गरेको थियो ।