लीलाराज झापाली
झापा मेचीनगरमा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपमा धरान फुटबल क्लव बिजयी हुदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
शुक्रवार सम्पन्न खेलमा च्यासल युथ क्लव काठमाण्डौलाई १ — ० गोल अन्तरको कठिन जित निकाल्दै धरान दोस्रो चरणमा प्रवेश पाएको हो । बिजयी धरानका तर्फबाट एकमात्रै निर्णायाक गोल खेलको ८१ औ मिनेटमा मिलन राईले गर्नुभयो । राईले विदेशी खेलाडी अनिफोबासेको पासलाई एक्लै अगाडि लगि गोल गर्नुभयो ।
उक्त गोलपछि च्यासलले गोल फर्काउन नसक्दा धरान बिजयी भएको हो । शुक्रवारको खेलमा अधिकांस समय गोल आफ्नो पक्षमा पारेपनि स्कोर गर्न नसक्दा च्यासल पराजित बन्न पुगेको थियो । शुक्रवारको खेलको म्यान अफ द म्याच खेलका गोलकर्ता मिलन राई बन्नुभयो । उहाँले नगद ११ हजार रुपैँया पाउनुभयो । प्रतियोगिताको पहिलो हाफ अधिकांस समय च्यासलले खेल आफ्नो पक्षमा पारेपनि गोल भने गर्न सकेन । खेलको ७ औ मिनेटमा च्यासलका विदेशी खेलाडी फेन्सिसको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो ।
एकपछि अर्को आक्रमण गर्ने क्रममा च्यासलले खेलको १५ औ मिनेटमा अमर श्रेष्ठको प्रहार धरानका गोल किपर विनय श्रेष्ठले रोक्नुभयो । खेलको २० औ मिनेटमा च्यासलकै फ्रान्सिसको प्रहार धरानको गोल पोष्टमा लागेर बाहिरिएको थियो । खेलको २१ औ मिनेटमा च्यासलकै फ्रन्सिस धरानका गोलकिपर समेत बिटभैसकेको अवस्थामा गरेको प्रहार समेत थोरै गोलपोष्टबाट बाहिरिएको थियो । च्यासल खेलमा १ — ० गोल अन्तरले पछि परेको अवस्थामा खेलको ८४ औ मिनेटमा च्यासलका फ्रान्सिसको कडा प्रहार धरानको गोलपोस्टमा लागेर बाहिरिएपछि पाहुना टोली च्यासल पहिलो खेलबाटै बाहिरिएको थियो । प्रतियोगितामा धरानका तर्फबाट समेत केहि गोलका अवशरलाई सदुपयोग गर्न नसक्दा गोल अन्तर बढाउन सकेन ।
खेलको २५ औ मिनेटमा धरानका बर्तमान राईको प्रहार बाहिरिएको थियो । खेलको ३५ औ मिनेटमा धरानका विदेशी खेलाडी अनिफुबासे गोलकिपरमात्रै भएको अवस्थामा प्रहार गर्न नसक्दा गोल गर्नबाट चुकेका थिए । खेलको ७५ औ मिनेटमा धरानकै अनिफुबासको कडा प्रहार च्यासलका गोलकिपर दिनेशथापा मगरले बचाउनुभयो । शनिवारको पहिलो क्वाटरफाइनल खेल मेची नेत्रालय फुटबल टे«निङ सेन्टर र संकटा क्लव काठमाण्डौका विच हुने हुने छ । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालका आठ, पारो एफसी भुटान र क्यामरुनको दाउफिन्स फुटबल क्लबको सहभागिता रहेको छ । उद्घाटन खेलको प्रदेशका सामाजिक बिकास मन्त्री जिवन घिमिरेले गर्नुभएको थियो ।
तस्बीर ः रातो जर्सी च्यासल र सेतो जर्सी धरानका खेलाडीहरु प्रतिस्पर्धा गर्दै