Kanakai Online

गर्मीमा झापाली पत्रकार बने ज्यामी


बिहिवार, वैशाख १२, २०७६ |

कनकाई अनलाईन
झापाली पत्रकार र स्वदेशी संस्था सहारा नेपाल विदेशी संस्थाका स्वयमसेवकहरुको श्रमदानबाट झापा विर्तामोड नगरपालिका २ बालुवाटारकी एक अवला महिलाको घर निर्माण सुरु गरिएको छ ।
स्थानीय ५२ बर्षिय धामोश्वरी राजबंशीको घर निर्माण थालिएको हो । दुबै आखा नदेख्ने यी महिलाका श्रीमान र छोरी समेतको मृत्यु भैसकेको कारण घरमा एक्लै रहनुभएको विर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य निता घतानी बताउनुहुन्छ । एकल तथा असहाय राजवंशी महिलाको घर निर्माणका लागि विर्तामोड नगरपालिकाबाट १ लाख ५० हजार नगद , सहारा नेपाल र विदेशी संस्था ह्याबिट्याट फर हुमानेटीको प्राविधिक तथा श्रम सहयोगमा बृद्धाको घर निर्माण थालिएको छ ।
राजबशीको घर निर्माणका लागि बिहीवार सहारा नेपाल र ह्याबिट्याट नेपालका स्वयमसेवकका साथमा झापाका ९ जना पत्रकारले समेत एक दिनको श्रम गरेका छन । राजबंशी घरमा एक्लै बस्ने र उहाको घर ज्यादै जीर्ण भएकोले जतिवेलापनि घरले थिचेर दुर्घटनामा पर्ने अवस्था रहेकोले सबैको सहयोगमा उहाँको घर निर्माण गरिएको ह्याबीट्याटका संदिप पौडेलले बताउनुभयो । सुरक्षित घर निर्माण पछि राजवंशीको औषधि उपचार र खानका लागि समेत विर्तामोड नगरपालिकाबाट थप एक लाख रुपैँया सहयोग गरिने घतानीले बताउनुभयो । सहारा नेपाल , ह्याबिट्याट फर हुमानिटी र सम्बन्धित पालिकाहरुको सहयोगमा झापामा मात्रै यसैबर्ष २१४ विपन्न तथा दलित जनजाति बाढी पिडितहरुको सुरक्षित आवाश निर्माण गरि हस्तानतरण गर्न लागिएको सहारा नेपालकी कार्यक्रम संयोजक पुंष्पाञ्जली सिंहाले बताउनुभयो ।
तस्बीर ः राजबंशीको घर निर्माणमा जुट्दै झापाली संचारकर्मीलगायात