कनकाई अनलाईन
कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको हालै सम्पन्न भएको निर्वाचनमा नेकपा र विवेकशील साझाको प्यानलै बिजयी भएको छ ।
यस अघि यस क्षेत्रको रेडक्रसको भएको चुनावमा समेत यहि टिक सेटै बिजयी भएको थियो ।
यो सगै एकसाताभित्र नेकपाको प्यानलै बिजयी भएको यो दोस्रो पटक हो । निर्वाचनमा नेकपा र विवेकशील तथा कांग्रेस र राप्रपा बिच चुनावी तालमेल भएर रेडक्रस र कनकाई धाम धार्मिक विकास संस्थामा निर्वाचन भएको थियो । कनकाई धाम धार्मिक विकास संस्थाको अध्यक्षमा नेकपा र विवेकशीलका साझा उम्मेद्धार नवलकिशोर दत्त ७ सय ५० मत ल्याउदै बिजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेस र राप्रपाका लोकतान्त्रिक प्यानलका उम्मेद्धार गंगाराम दाहालले ५२३ मत मात्रै ल्याउनुभयो । दाहालले दत्तलाई २२७ का विशाल मतअन्तरले बिजयी हुनुभएको हो । दत्त प्यानलबाट बरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद ओली ७२२ मत ल्याउदै बिजयी हुनुभयो , उहाका प्रतिद्धन्द्धी नारायण पोखरेलले ५४४ मत ल्याउनुभयो । ओलीले पनि पोखरेललाई १७८ मतअन्तरले हराउनुभयो ।
उपाध्यक्षमा टंक सुवेदीले ६९६ मत ल्याएर बिजयी हुदा उहाका प्रतिद्धन्द्धी कविन्द्र संग्रौलाले ५५४ मत मात्रै ल्याउनुभयो । संग्रौलाले १४२ मत कम ल्याउनुभयो । यसैगरि पर्यटन उपाध्यक्षमा दत्त प्यानलकै दिनानाथ खतिवडाले ७२५ मत ल्याउदै बिजयी हुदा उहाका प्रतिद्धन्द्धी रामप्रसाद अधिकारीले ५३२ मतमात्रै ल्याउनुभयो दिनानाथले अधिकारीलाई समेत १९३ मतअन्तरले पराजित गर्नुभयो । महासचिवमा दत्त प्यानलकै डिल्लीराम बाह्रकोटीले ७३८ मत ल्याउदै बिजयी हुनुभयो । उहाका प्रतिद्धन्द्धी रेणुप्रसाद कडेँलले ५१९ मत ल्याउनुभयो । बाह्रकोटीले समेत कडेँलभन्दा २१९ मत बढी ल्याउनुभयो । यसैगरि सचिवमा दत्त प्यानलकै अम्बिका खरेलले ६४२ मत ल्याउदै बिजयी हुदा उहाका प्रतिद्धन्द्धी दाहाल प्यानलबाट रमेशप्रसाद संग्रौलाले ५९५ मत ल्याउनुभयो । खरेलले संग्रौलाभन्दा ४७ मत बढी ल्याउनुभयो । यसैगरि कोषाध्यक्षमा दत्त प्यानलका नरेन्द्र फुयालले ७४४ मत ल्याएर बिजयी हुनुभयो । उहाका प्रतिद्धन्द्धी दाहाल प्यानलका दावा सेर्पाले ५७६ मत ल्याउनुभयो । दावाले समेत फुयाल भन्दा १६८ मत कम ल्याउनुभयो ।
यसैगरि सदस्यहरुमा समेत दत्त प्यानलकै सबै उम्मेद्धारहरु बिजयी भएका छन । जसमा भानुभक्त नेपाल (५६२) सोमनाथ खतिवडा (६३७) खड्गप्रसाद प्रसाई (६४५) मनोजप्रसाद शिवाकोटी (६५३) गणेशप्रसाद कड्रिया (६३६) टीकाराम प्रसाई (६५०) इश्वरा थापा (६५६) खगेन्द्र अधिकारी (६४४) ख्याम शिवाकोटी (६७४) गोविन्द चापागाँई (६६६) रघुनाथ भट्टराई (६८०) चन्द्रप्रसाद भेट्वाल (६५६)श्रीप्रसाद खरेल (६८०) टिका अधिकारी (६५२) र दलबहादुर विश्वकर्मा (६१७) सबै बिजयी हुनुभएको छ ।
यता सदस्यहरुमा पराजित हुनेहरुमा मोहन राजबंशी(४७६) , चन्द्रप्रसाद रिजाल (५३८) मानबहादुर पौडेल (५१३) छत्रबहादुर कार्की (५३३) निलम ढकाल(५१९) पुरुषोत्तम ढकाल (५१८) हरिप्रसाद सेढाई (५०८) रामनाथ ढकाल (५८७) गणेशप्रसाद पोखरेल(५०७) कैलासमान दर्जी( ४६८) गोमादेवि सिटौला (५१३) गीतादेवि भेट्वाल (५१९) गीता उप्रेती (४८०) मीनाकुमारी पाठक (५०२) देविकुमारी उप्रेती (४९६) पराजित भए यसैगरि स्वतन्त्र उम्मेद्धार दिने सुर्दसन दाहाल –९५) , लीलाप्रसाद अधिकारी ( ८८) र गुरुप्रसाद (३७) पनि पराजित भए ।
कोटीहवनमा अवस्थित कनकाईधाम धार्मिक विकास संस्थाको नेतृत्वका लागि शुक्रबार भएको निर्वाचनमा १३०७ मत खसेको थियो । कुल १४४३ मतदाता मध्ये यी मत खसेको थियो । निर्वाचनमा नेकपा र विवेकशील साझा पार्टीका तर्फबाट नवलकिशोर दत्त र कांग्रेस र राप्रपाबाट गंगाराम दाहालको नेतृत्वमा निर्वाचनमा पार्टी होमिएको छ । कुल २३ पदमा ३ स्वतन्त्र सहित ४९ जनाको उम्मेद्धारी परेको थियो । शुक्रबार भएको निर्वाचनको मत परिणाम रातभर गनेर विहान ६ बजे सार्वजनिक भएको थियो । कोटीहवनको यो ३३ बर्षे इतिहासमा यसै पटक यति ठुलो निर्वाचन भएको हो ।