Kanakai Online

सुरुङ्गा क्षेत्रमा चुनाबी चटारो आज रेडक्रको पालो


मङ्गलवार, वैशाख ३, २०७६ |

कनकाई अनलाईन
कनकाई नगरपालिका सुरुङ्गा क्षेत्रमा हाल चुनाबी चटारो बढेको छ ।
यस क्षेत्रका ३ संस्थाहरु रेडक्रस , कोटीहवन धार्मिक विकास संस्था र सुरुङ्गा खानेपानी तथा सरसफाई संस्थामा एक्कैसाथ निर्वाचन हुन लाग्दा यस क्षेत्रमा उम्मेद्धारहरु मत माग्नका लागि भ्याई नभ्याई छ ।
खानेपानीमा निर्वाचन तालिका सार्वजनिक हुन बाकी भएपनि बाकी ३ संस्थामा भने निर्वाचनको मिति र उम्मेद्धारको निर्णय भएर मत माग्ने काम जारी छ ।
कोटीहवन धार्मिक विकास संस्थाको आगामी बैशाख ६ गते हुने निर्वाचनमा यस क्षेत्रका दुइ पार्टीहरु प्यानल बनाएरै अगाडि बढेका छन । देशको सबैभन्दा ठुलो दल नेकपाले विवेकशील साझा पार्टीसगको गठबन्धन बनाएर निर्वाचनमा प्यानल सहित अगाडि बढेको छ । नेकपा र विवेकशील र राप्रपा
खेम कार्की ग्रुपका तर्फबाट अध्यक्षमा नवलकिसोर दत्तले उम्मेद्धारी दिनुभएको छ । दत्त लामो समय ३२ बर्ष शिक्षण पेशामा सक्रिय भएर हाल रिटायर्ड हुनुभएको छ । उहा हाल कनकाई नगरपालिकाका कार्यकारी सदस्य समेत रहनुभएको छ । उहासग प्रतिस्पर्धामा नेपाली कांग्रेस र राप्रपा नेपालबाट सयुक्त प्यानलबाट गंगाराम दाहाल निर्वाचनमा होमिनुभएको छ । दाहाल समेत लामो समय कोटीहोम धार्मिक विकास संस्थामा काम गरिसक्नुभएकोले दुई विचमा कडा टक्कर हुने अनुमान धेरैको छ ।
यसैगरि कोटीहवनमा बरिष्ठ उपाध्यक्षमा दत्त प्यानलबाट नारायण प्रसाद ओली , धार्मिक उपाध्यक्षमा टंकप्रसाद सुबेदी , पर्यटन उपाध्यक्षमा दिनानाथ खतिवडा , महासचिवमा डिल्लीराम बाह्रकोटी , कोषाध्यक्षमा नरेन्द्रप्रसाद फुयाँल र सचिवमा अम्बिकादेवि खरेलले उम्मेद्धारी दिनुभएको छ । यसैगरि दाहाल प्यानलबाट बरिष्ठ उपाध्यक्षमा नारायण पोखरेल , धार्मिक उपाध्यक्षमा कविन्द्र संग्रौला , पर्यटन उपाध्यक्षमा रामप्रसाद अधिकारी , महासचिवमा रेणुप्रसाद कडेँल , कोषाध्यक्षमा सेर्पा दावा छिरिङ र सचिवमा रमेशप्रसाद संग्रौलाले उम्मेद्धारी दिनुभएको छ । कुल पदाधिकारी सहित २३ जना निर्वाचित हुनेमा हाल ४६ को उम्मेद्धारी परेको छ । यता रेडक्रसमा समेत नेकपा र विवेकशीलको र राप्रपा खेम कार्कीको प्यानलबाट सभापतिमा प्रविन तिम्सिनाले उम्मेद्धारी दिनुभएको छ ।
तिम्सिना यसअघि समेत सभापतिनै रहनुभएको थियो । उहाँले आफ्नो १ करोडको अक्षयकोष र बाकी अधुरा काम पुरा गर्न फेरि उम्मेद्धारी दिएको बताउदै आउनुभएको छ । तिम्सिनाको प्यानलबाट उपसभापतिमा कमला सुबृेदी , सचिवमा हिरण्यकुमार राई , कोषाध्यक्षमा तोयानाथ अधिकारी , उपसचिवमा राजु पाठक , उपकोषाध्यक्षमा दिपक भट्टराईले उम्मेद्धारी दिनुभएको छ । यसैगरि महिला सदस्यमा दिव्यश्वरा शिवाकोटी सदस्यहरुमा भीम राजबंशी , खड्गबहादुर कार्की , प्रेम ओली , ख्यामराज अधिकारीले उम्मेद्धारी दिदा कांग्रेस सर्मर्थित प्यानलबाट देवि वास्तोलाले उम्मेद्धारी दिनुभएको छ । उहाँ अघिल्लो कार्यकालमा आफुले सभापति पाउने सर्तमा सभापति आफुले छाडेको कारण यसपटक सुरुङ्गा रेडक्रसको नेतृत्व आफुले पाउनुपर्ने दावी गर्दै आउनुभएको छ । बास्तोला प्यानलमा उपसभापतिमा शान्ति कट्टेल , सचिवमा निर्मलकुमार खतिवडा , कोषाध्यक्षमा भरतकुमार ढकाल , उपसचिवमा रघुनाथ शिवाकोटी , उपकोषाध्यक्षमा भरतकुमार श्रेष्ठ रहनुभएको छ भने महिला सदस्यमा झुमा शिवाकोटी सदस्यहरुमा रामबाबु मर्हजन , धर्म प्रसाई , हरिप्रसाद सिटौला , नारायणप्रसाद कट्टेल रहनुभएको छ । रेडक्रसको आज ९ बजेदेखि चुनाव हुदै छ ।
यता सुरुङ्गा खानेपानी तथा सरसफाईमा समेत मिति नजिकिदै जादा नेतृत्वको रस्साकस्सी सुरु भएको छ । खानेपानीमा नेकपाबाट यसअघिकै अध्यक्षका उम्मेद्धार प्रेम दाहाललाई सर्बसम्मत निर्णय गरिसकिएको छ भने नेपाली कांग्रेसका तर्फबाट कनकाई उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज संग्रौलाको नाम चर्चामा रहेको छ ।
तस्बीर ः रेडक्रसका अध्यक्षद्धय तिम्सिना र बास्तोलाको