कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ टेक्रामा बहुभाषिक कवि गोष्ठीको आयोजना गरिएको छ ।
स्थानीय मधुवन कला साहित्य तथा सास्कृतिक मंचको आयोजना तथा कनकाई नगरपालिका वार्डनम्बर ५ को आर्थिक सहयोगमा आयोजित कवि गोष्ठीमा यस नगर क्षेत्रमा बसोवास गर्ने एक दर्जन विभिन्न भाषाभाषीका कवि कवियत्रीहरुले आफ्नो मातृभाषाबाट कविता वाचन गर्नुभएको थियो । भाषासेवी तथा साहित्यकार मुनाराज शेर्माको प्रमुख आथित्यता रहेको कवि गोष्ठीमा शेर्माले कार्यक्रमले समाजमा आफ्नो मातृभाषाप्रति गर्ब गर्ने वातावरण बनेको बताउनुभयो । भाषासेवी साहित्यकार गोपाल संग्रौलाले अन्य देशको भाषाको नक्कल गर्दा नेपाली भाषा विकृत र अन्य मातृ भाषा लोप हुने अवस्थामा पुगेको बताउनुभयो । वार्डअध्यक्ष कृष्ण राईले नगरले भाषा संस्कृतिको संरक्षणमा सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली , तामाङ्ग , सेर्पा , लिम्बु , राई , सन्थाली , राजवंशी , अंग्रेजी , सस्कृत , हिन्दी , भोजपुरी लगायातका भाषामा दुइ दर्जन कवि कवियत्रीले रचना पाठ गर्नुभएको थियो ।
यसबर्षबाट सुरु गरिएको बहुभाषिक कवि गोष्ठी आगामी बर्ष देखि कम्तीमा जिल्ला व्यापी बनाइने आयोजक समितिका अध्यक्ष हेमन्त दाहालले बताउनुभयो । कार्यक्रमको संचालन सचिव विरेन्द्र ओलीले गर्नुभएको थियो ।