कनकाई अनलाईन
नेपालमै सन्थाली दोस्रो फिल्म आशा इमावदिन गाती अर्थात मायाको आशा देखाऔँ आगामी दशैदेखि प्रर्दशनमा आउने भएको छ ।
झापाको सुरुङ्गामा आइतवार पुर्व सांसद मोहन टुडु , सन्थाल उत्थान संघका जिल्ला अध्यक्ष वडाराम हेमरम , सन्थाल बुद्धिजिवि बलराम मुर्मु पत्रकार महासंघका लीलाराज झापाली लगायातले फिल्म सुटिङ्को सुभारम्भ झापा सुरुङ्गामा गरेका हुन । यसअघि सन्थाली भाषाको चलचित्र बोनोदल प्रर्दशनमा आएको थियो ।
डिजेसी सन्थाली फिल्म कम्पनीको झापाको निर्माण रहेको उत्त फिल्मको निर्देशन तथा निर्माण फिल्मका मुख्य कलाकार समेत रहनुभएका डेर्बिड मुर्मु रहनुभएको छ । फिल्ममा डेर्बिडको साथमा नायिकाको रुपमा अपना टुडुले भुमिका खेल्नुभएको छ भने अन्य कलाकारमा निर्मल मर्डी , अनुप मर्डी , महेन्द्र हस्दा लगायातको भुमिका रहेको छ । फिल्ममा द्धन्द्ध निर्देशन धिरज परियारको रहेको छ भने , संगित चन्दन बास्के , छायाङ्कन तथा सहयाक निर्देशन अविनाथ मर्डीको रहेको छ ।
चलचित्र झापा , मोरङ र मुस्ताङको रमणिय भागमा छायाङ्कन गरिने चलचित्रका निर्माता डेर्बिड मर्डीले बताउनुभयो । चलचित्रमा सन्थाली संस्कार संस्कृति र आधुनिक जल्दावल्दा युवाका समस्याका वारेमा देखाउन खोजिएको छ । चलचित्रको छायाङ्न उदघाटनका अवशरमा पुर्व सांसद मोहन टुडु लगायातका अतिथिले युवा पुस्तामा हराउदै गएको सन्थाली भाषा र सस्कृतिम ोह यस चलचित्रबाट पुन तार्जगी हुने भन्दै सस्कृतिको संरक्षणमा स्वयम भाषाप्रेमी लागिपर्नुपर्नेमा जोड दिनुभयो ।