Kanakai Online

घैलाडुब्बामा घाटोसरी सिरुवा


मङ्गलवार, वैशाख ३, २०७६ |

कनकाई अनलाईन
सुरुङ्गा , बैशाख २ गते । कोच राजबंशीहरुले मनाउदै आएको घाटोसरी सिरुवा पर्व झापा लगायातका पुर्वका हज्जारौ कोच समुदायले सिरुवाको दोस्रो दिन सोमवार घाटोदेविको पुजा गर्दै मनाएका छन ।
पुर्वका विभिन्न खोला जलाशयमा भेला भएको राजवंशी समुदायका महिलाले बैशाख २ गते घाटोदेविको पुजा गरेका छन । झापाको कनकाई नगरपालिका विरिङ्ग नदि किनारामा कोचिला महिला फन्टको आयोजनामा सोमवार सामुहिक सिरुवा पुजा गरिएको छ । पुजामा यस क्षेत्रका महिला दिदिवहिनीहरुको समुहले घाटोदेविको पुजा गर्नुका साथै उपस्थितहरुमा मास दालको परिकार र गाजिमुरी प्रसादका रुपमा वितरण गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्की , हिराकुमार थापा , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख मन्जु प्रसाई , वार्ड अध्यक्ष प्रेम राजबंशी , गोविन्द पौडेल , आदिवाशी जनजाति नेता बीरेन मेचे लगायातले मासिदै गएको सस्कृतिको जर्गेनामा सम्बन्धित जाति र सरकार बराबर जिम्मेवारी हुनुपर्नेमा जोड दिनुभयो ।
कोच परिवारले आइतवार पानी सिरुवा मनाएका थिए भने मंगलवार रङ्ग सिरुवा मनाएर सिरुवा पर्वलाई विदा गर्ने चलन रहेको स्थानीय अनुवा राजवंशी अरुण राजवंशीले बताउनुभयो । कनकाई नगरपालिका ९ को राजवंशी बाहुल्यता रहेको यस क्षेत्रमा मंगलवारपनि सार्वजनिक विदा दिइएको कनकाई नगरपालिका ९ का वार्डअध्यक्ष प्रेम राजवंशीले बताउनुभयो ।

सम्बन्धित खबर