Kanakai Online

झापाका बाढी पिडितलाई नयाँ घर


बुधवार, चैत २०, २०७५ |

लीलाराज झापाली
दुई बर्षपहिले स्थानीय ११ जनाको ज्यान जानेगरि आएको वाढीबाट विस्तापित बनेका ३० घरपरिवारका लागि झापा गाउँपालिका र अन्य स्वदेशी तथा विदेशी संघ संस्थाको सहयोगमा स्थायी घर बनाएर बुधवार आज हस्तानतरण भएको छ ।
झापा गाउँपालिका वार्ड नम्बर ७ मदरगाछीस्थित जनमघुटु टोलमा झापा गाउँपालिका , सहारा नेपाल विर्तामोड र विदेशी दातृसंस्था युएन ह्वीटेटको सयुक्त लगानीमा यस गाउँमा एउटै मोडलका ३० घर निर्माण गरि हस्तानतरण गरिएको हो । हस्तानतरीत सबै घरहरु यस अघिको वाढीबाट विस्तापितहरु रहेका छन । हस्तानतरण गरिएका ३० घरमध्ये १९ घर सन्थाल समुदायको रहेको सहारा नेपाल झापा गाउँपालिकाका प्रमुख सागर ओझाले बताउनुभयो ।
घर निर्माणका लागि सहारा नेपालले प्राविधिक सहयोग सहित प्रत्येक घरका लागि नगद २५ हजार र विदेशी संस्था युएन ह्वीटेटले प्रतिघर ५० हजार रुपैँया सहयोग तथा प्रतिघर ७५ हजार रुपैँया रकम झापा गाउँपालिकाले व्यहोरेको सहारा नेपालका कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले बताउनुभयो । स्थानीय सामाग्री र श्रम लगाएर प्रतिघर २ लाख रुपैँयाको लागतमा घरहरु निर्माण गरिएको र बाकी ५० हजार रुपैया बरावरको श्रम र शीप घरधनीबाट लिइएको समेत गिरीले जानकारी दिनुभयो । करिव १ बर्षको समयमा घर निर्माणपछि सहयोगी संस्था युएन ह्वीटेट नेपालकी कार्यक्रम प्रमुख क्रिस्टिना , झापा गाउँपालिकाका प्रमुख जयनारायण शाह , उपप्रमुख कुन्तीदेवि बुडाथोकी , सहारा नेपालका अध्यक्ष तारा संजेल , झापा गाउँपाकिलाका वार्डअध्यक्ष नेत्र उप्रेती , राजकुमार यादव , मोतीलाल गणेश , दिनेश राजबंशी लगायातले नवनिर्मित घरधनीलाई घरको चावी हस्तातरण गर्नुभयो ।
नयाँ पक्की घरमा बस्न पाएपछि घरधनी धनीराम सोरेन र डिना मगरले खुसीहुदै हरेक बर्षजसो बर्खामा घरचुहिने समस्याबाट मुक्ति मिलेको बताउनुभयो । कार्यक्रममा गाउँपाकिलाका अध्यक्ष शाहले गाउँपालिकामा अझैपनि ५ सय घरपरिवार वाढी पिडितहरु क्mष्टकर जीवन विताइरहेकोले यी परिवारका लागि पनि सहयोग गर्न सबैमा अनुरोध गर्नुभयो । अध्यक्ष शाहले यस गाउँलाई नमुना बस्तीका रुपमा विकसित गर्दै लैजानका लागि कम्तीमा गाउँमा बर्खाको याममा खोलो मात्रै नभएर हिलो सम्म नहुने बस्तीका रुपमा विकसित गरिने र वाह्य पर्यटकका लागि बस्तीमै होमस्टे प्रणालीको समेत विकसित गर्ने प्रतिवद्धता जनाउनुभयो ।
झापामा हाल झापा गाउँपालिका सहित कनकाई नगरपालिका , अर्जुनधारा नगरपालिका , हल्दीवारी र गौरीगंज गाउँपालिकामा यसै आर्थिक बर्षमा सम्बन्धित पालिका र सहारा नेपाल र युएन ह्वीटेटको सहकार्यमा २ सय घर निर्माण भैसकेर हस्तानतरणको अन्तिम तयारीमा रहेको सहाराका कार्यकारी निर्देशक गिरीले जानकारी दिनुभयो ।