कनकाई अनलाईन
नेपाल कम्युनिष्ट्र पार्टी नेकपाको कनकाई नगरपालिका र झापा गाउँपालिकाको नगर , र वार्ड कमिटीको एकता घोषणा र पदको सपथ ग्रहण आज सम्पन्न भएको छ ।
कनकाई नगरको ८१ सदस्यीय नगर कमिटी र ९ बटै वार्डका प्रत्येक वार्डको २९ सदस्यीय वार्ड अध्यक्ष र सचिव सहितको कमिटीलाई नेकपाका स्थायी समिति सदस्य तथा कृषि मन्त्री चक्रमणि खनाल बलदेव , नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे , सहइन्चार्ज सावित्रीकुमार काफ्ले समर , पार्टीका प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद हिराकुमार थापा , झलकसिंह दर्लामी शंन्देश , संघिय सांसद एलपि साँवा लिम्बु , नेकपा नेता मणिकुमार साम्पाङ्ग बिजय लगायातले पार्टीका अध्यक्ष रविन्द्र लम्साल सचिव विष्णु बिमली लगायातलाई पदको सपथ खुवाउनुभएको थियो ।
कार्यक्रममा बोल्दै कृषि मन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य चक्रमणि खनालले अवका दिनमा पार्टी र सरकार मिलि देशको समृद्धिको यात्रामा एकसाथ अगाडि वढ्ने प्रतिवद्धता जनाउनुभयो । कतिपय अवस्थामा पार्टी एकता नहुदा पार्टी कमजोर अवस्थामा रहदा सरकारले राखेका महत्वकांक्षी योजनाहरुलाई विरोधीहरुले हल्काफुल्का रुपमा प्रचार गरिरहेको भन्दै अव पार्टी कार्यकर्ताले यी टिप्पनीलाई चिर्न समेत निर्देशन दिनुभयो । यता झापा गाउँपालिकामा समेत अध्यक्ष रुद्र बजगाँई र सचिव गजेन्द्र ताम्ली सहितलाई सावित्रीकुमार काफ्ले समर , प्रदेशसभा सदस्य झलकसिंह दर्लामी शन्देश , हिरा थापा , पार्टीका प्रदेशकमिटी सदस्य मणिकुमार साम्पाङ्ग बिजय लगायातले पदको सपथ खुवाउनुभएको थियो ।कार्यक्रम नेकपाका नेता गोपाल प्रसाईको सभापतित्व तथा कृष्ण खतिवडाको स्वागतमा भएको थियो ।
नेकपाले झापाका १५ स्थानीय तह र १३१ वडा मध्ये हालसम्म आधा वार्ड तथा नगरपालिका तथा गाउँपालिकाहरुमा पदको सपथ तथा पार्टी एकताको घोषणासभा सम्पन्न भैसकेका नेकपाका नेता मणिकुमार राई बिजयले बताउनुभएको छ ।