कनकाई अनलाईन
नेपाल कम्युनिष्ट पार्टी नेकपाको कनकाई नगरपालिका वार्ड नम्बर ३ को अध्यक्षमा साजनकुमार लिम्बु अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको छ ।
कनकाई नगरपालिकाको राजधानी मानिने यस बार्डमा लिम्बु सहित २९ जनाको वार्ड कमिटी गठन गरिएको नेकपाका नगर सचिव बिष्णुप्रसाद बिमलीले बताउनुभएको छ । कमिटीको सचिवमा लीलाराज खड्का रहनुभएको छ , यसैगरि अन्य सदस्यहरुमा हिरण्यकुमार राई , लक्ष्मीप्रसाद घिमिरे , अर्जुन दाहाल , लयप्रसाद उप्रेती , रघुनाथ भट्टराई , रिता बराल , दुर्गा शिवाकोटी , नेत्र आचार्य , कुमार दाहाल , चन्द्रबहादुर कार्की , कृष्णमाया भुजेल , चन्द्र भेट्वाल , कर्णबहादुर डाँगी , विनोद दाहाल , बल्लभकुमार गौतम , राजेन्द्र उप्रेती , हिमाल बिष्ट , दिलकुमारी उप्रेती , देविप्रसाद थपलिया , यमुना खपाङ्गी , बलभद्र सिटौला , नविन सिटौला , प्रेमकला फुयाँल , सिता पाठक , नवलकिसोर दत्त , यज्ञराज कार्की र अनिल गोयल रहनुभएको छ ।