कनकाई अनलाईन
स्थापनाको तेस्रो बर्षमा आईपुग्दा स्मार्ट इन्टरनेसनल एजुकेसन फाउन्डेसनले बुधबार आफ्नो प्रथम वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ ।
बिध्यालयको प्राङ्गणमा बिद्यार्थीबाट गायन , नृत्य , कराते काता , नाटक, कविता , वक्तव्य लगायतका विभिन्न सास्कृतिक कार्यक्रम गरि उक्त वार्षिकोत्सब सम्पन्न गरेको हो ।
कार्यक्रममा कक्षागत रुपमा अनुशासनमा रहने , निरन्तर विद्यालय आउने र सफा रहने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी विद्यालयले गरेको अतिरिक्त कार्यक्रम अन्तर्गत कक्षागत विभिन्न खेलकुद , राइटिङ्ग , ड्रोइङ्ग लगायतका विधामा प्रथम , द्वितीय , तृतीय हुने विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका वडा नं। ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया , विद्यालयका संस्थापक राम लामा , प्रधानअद्यापक सुमन कालाखेती , नेकपा कनकाइ नगर अध्यक्ष रवीन्द्र लम्साल , कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओलिले पुरस्कार वितरण गरेका थिए ।
विद्यालका प्रधानाध्यापक सुमन कालाखेतीले कार्यक्रमको अौचित्य माथि प्रष्ट पार्दै यस्ता किसीमका अतिरिक्त कार्यक्रमले सानासाना नानीमा आत्मा विश्वास , आत्मा बल बलियो हुने , अन्यत्र ठाउँमा गएर प्रतिस्पर्धामा भाग लिन प्रेरणादायी भुमिका खेल्ने साथै बिद्यालय र अभिभावक बिचको सम्बन्ध अझ प्रगाड बन्नेछ भन्ने बिश्वासका साथ यो कार्यक्रम तय गरिएको बताएका छन ।
कार्यक्रममा प्रमुख अतिथि रुद्रप्रसाद चिमरिया , पत्रकार लिलाराज झापाली र सिएम शर्मा , सामाजिक व्यक्तित्व ख्याम ओली , युवराज नेपाल , डिल्ली उप्रेती लगायले शुभकनमना मन्तव्य राखेका थिए ।
बिद्यालयका संरक्षक सोम बहादुर तामाङ साथै राम निरौला , ओम देव शाही कृष्ण तिवारि , टीका प्रसाद पोखरेल , नरेन्द्र खरेल , भुवनेश्वरि रिसाल , पुण्यप्रसाद शिवाकोटी , वासुदेव रिसाल , पंकज मैनाली , तुलसी बिमली , सागर ढुङ्गाना , रविन गुप्ता लगायत अधिकांश अभिभावको उपस्थिति रहेको थियो ।
विद्यालयका संस्थापक राम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह प्रधानअद्यापक प्रिन्स तामाङले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने शिक्षक अनुप भण्डारीले साना नानि आदर्श दाहाल र गङ्गेस लम्साललाई उद्घोषण कलामा सहभागी गराउदै सन्चालन गरेका थिए ।