कनकाई अनलाईन ।
रानी सामुदायिक वन समुहको १७ औ चुनावी साधरणसभा भोली हुदै छ ।
केहिदिन पहिलो भएको अधिवेशनमा नेतृत्व सर्बसम्मत नभएपछि केशव बजगाईको नेतृत्वमा निर्वाचन समिति बनाइएको थियो । अध्यक्ष , उपाध्यक्ष , सचिव , सहसचिव र कोषाध्यक्ष गरि पदाधिकारीमा ५ पदमा १४ जनाको उम्मेद्धारी परेको छ । जसमा अध्यक्षमा ४ जना उम्मेद्धारहरु चुनावी मैदानमा रहेको निर्वाचन समितिका सहसंयोजक उमाराम रिजालले बताउनुभयो । जसमा पुर्वअध्यक्ष समेतत रहेका रामबहादुर कार्की पुन अध्यक्षमा उम्मेद्धारी दिनुभएको छ भने पुर्वउपाध्यक्ष रहेर कार्यकाल विताइसकेका सुमन प्याकुरेल ( तुलसीराम ) पनि अध्यक्षको प्रत्यासी रहेका छन ।
यसैगरि रामप्रसाद उप्रेती र नगेन्द्रकुमार आङ्गदेम्बे यसपटकको निर्वाचनमा अध्यक्षको दौडमा रहेका छन । यसैगरि उपाध्यक्षको एक पदका लागि ३ उम्मेद्धारहरु कमल गनगाई , यामनाथ दाहाल , सुर्यबहादुर भट्टराई चुनावी दौडमा रहेका छन । यसैगरि सचिवमा समेत एक महिला पदका लागि ३ उम्मेद्धारहरु पुष्पा प्रसाई , रेखा श्रेष्ठ गणेश र बालिका उप्रेती थपलिया निर्वाचनमा होमिदा सहसचिवको एक पदका लागि २ उम्मेद्धारहरु अशोक नारायण गणेश र दलबहादुर महाराजी खड्का मैदानमा छन । यसैगरि कोषाध्यक्षको एक पदका लागि कमलादेवि कार्की र चन्द्राकुमारी आलेमगर निर्वाचनमा होमिएका निर्वाचन संयोजक केशव बजगाईले बताउनुभयो ।
यसैगरि हरेक टोलबाट छानिने सदस्य पदमा निर्विरोध र निर्वाचन गरि छनौट गरिसकिएको निर्वाचन समितिले जनाएको छ जसमा निर्विराध हुनेमा सुनिता ओली , एकाजङ्ग बुडाथोकी , रमा श्रेष्ठ लेखा समिति सदस्यहरु खड्गप्रसाद दंगाल र विन्दा पौडेल दाहाल रहनुभएको छ भने निर्वाचनबाट लेखा समिति संयोजकमा भवेन्द्र भण्डारी रामकुमार खरेल यसैगरि सदस्यहरु रामकुमार गणेश , दिप श्रेष्ठ , अम्बरबहादुर राई , प्रेमप्रसाद गणेश , चन्द्रप्रसाद खरेल , शान्तादेवि शिवाकोटी , कृष्णबहादुर कार्की , प्रेमबहादुर विष्ट निर्वाचनमा जानुभएको छ । ७ टोल रहेको रानी सामुदायिक वनमा जम्मा ९ सय ६६ मतदातामा ८ सय ७२ जनाले मात्रै मतदानमा सहभागि हुन पाउनेछन बाकी सदस्यले आफ्नो सदस्यता नविकरण नगरेका कारण मतदानबाट बञ्चित बनेका हुन । निर्वाचनका लागि भोली शुक्रवार विहान ८ बजेदेखि ४ बजेसम्मको समयसिमा तोकिएको छ । झापा गाउँपालिकाको एकमात्र सामुदायिक वन पछिल्लो समय पर्यापर्यटनमा लागेको छ ।