Kanakai Online

झापा गोल्डकपमा आर्मीको ह्रयाट्रिक झापा जहिल्यै दोस्रो


सोमवार, फागुन २७, २०७५ |

कनकाई अनलाईन
विर्तामोड , फागुन २७ गते । झापामा सम्पन्न मगमग झापा चौथो गोल्डकप संकरणको उपाधि त्रिभुवन आर्मीले जितेको छ ।
सोमवार सम्पन्न फाइनल खेलमा चिरपरिचित प्रतिद्धन्द्धी आयोजक मगमग झापा ११ लाई ५ — ३ गोल अन्तरले पराजित गर्दै आर्मीले नगद १२ लाख ५५ हजार नगद पुरस्कार प्राप्त गर्यो । उपविजयी हुने झापा ११ ले नगद ६ लाख ५ हजार प्राप्त गर्यो । निक्कै प्रतिस्पर्धात्म कबनेको खेलको अग्रता भने आर्मीले लिएको थियो ।
खेलको २३ औ मिनेटमा आर्मीका सन्तोस तामाङले फ्रि किक मार्फत अग्रता दिलाउनुभयो । तामाङको फ्रि किकको झापाका गोलकिपर दिनेश थापामगरले कुनै अनुमान लगाउन सक्नुभएन र झापा खेलको २३ औ मिनेटमा खेलमा पछि पर्यो । पहिलो गोल गरेको १० मिनेट पछि खेलको ३३ औ मिनेटमा आर्मीका लागि टिम क्याप्टेन भरत खबासले टिमका लागि गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । भरतले झापाका गोल किपरबाट रोकेर अगाडि आएको वललाई पुन प्रहार गर्दै गोल गर्नुभयो । २ सुन्य गोल अन्तरले अग्रता बनाएको आर्मीको खुसी भने लामो समयसम्म टिक्न सकेन यसपछि झापाली टिमले लगातार २ गोल गरेर टिमलाई खेलमा फर्काएको थियो । खेलको ४३ औ मिनेटमा झापाका लागि विदेशी खेलाडी फ्रान्सिस एओमीले गरेको कडा प्रहार आर्मीको पोलको क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो । पहिलो हाफ २ — १ गोल अन्तरमा खेल सकिएको थियो । खेलको ५३ मिनेटमा झापाका योगेश गुरुङले गोल गर्दै टिमलाई बराबरीमा पुर्याउनुभयो । गुरुङले विदेशी खेलाडी फ्रान्सिसको पासमा गोल गर्नुभयो ।
खेल वरावरीमा पुगेपछि हज्जारौ दर्शकको समर्थन पाएको झापा ११ का खेलाडीले सम्मालिएर खेल्न नसक्दा लगातार थप ३ गोल खानपुग्यो । खेलको ७५ औ मिनेटमा आर्मीका फरवार्ड नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई फेरि अग्रता दिलाउनुभयो । यसपछि ८३ औ मिनेटमा आर्मीका सन्तोस तामाङले पुन गोल गर्दै खेल ४ — २ मा पुर्याउनुभयो । इन्जुरी समयमा आमीबाट टेकबहादुर बुडाथोकीले थप गोल गर्दै अग्रता बढाउनुभयो । बुडाथोकीले नवयुगको क्रस पासमा गोल गर्नुभयो । आर्मीको जित निश्चित भइसकेको अवस्थामा इन्जुरी समयमै झापाबाटै थप १ गोल भयो झापाबाट भिक्टोर एमोबीले झापाका लागि गोल गर्नुभयो , जसले अग्रता कम भएपनि समय सकिसकेको कारण यसबर्ष झापा खेलमा फर्कन सकेन ।
यो हारसगै आयोजक झापा ११ घरेलु प्रतियोगितामा चौथो पटक पनि फाइनलमा पुगेर उपाधिविहिन हुन पुगेको छ । झापाले पहिलो र तेस्रो र चौथो गोल्डकपमा आर्मीलाई फाइनलमा प्रतिस्पर्धी टिम पाएको थियो । जसमा ३ पटकनै आर्मीसग पराजित भएको छ भने आर्मीले चौथो गोल्डकपको उपाधिसगै झापाको उपाधिमाथि ह्रयाट्रिक पुरा गरेको छ । तेस्रो गोल्डकपको उपाधिभने मनाङले जितेको थियो । आजको खेलको म्यान अफ द म्याच आर्मीका सन्तोस तामाङ्ग हुनुभयो उहाँले नगद १५ हजार रुपैँया पाउनुभयो ।
प्रतियोगितामा दोस्रो भएपनि व्याक्तिगत प्रतिस्पर्धाका अधिकांस विधामा झापाका खेलाडी छनौट हुनुभयो । प्रतियोगिताकै सर्बोकृष्ट खेलाडी झापाका दिलेन लोक्त्ताम हुनुभयो । उहाँले यामाहा कम्पनीको मोटरसाइकल पाउनुभयो । प्रतियोगितामा उदियमान खेलाडी झापाका निशान्त खड्का , उत्कृष्ट डिफेन्स झापाकै देबेन्द्र तामाङ्ग , मिडफिल्डर झापाका पुजन उपरकोटी हुनुभयो ।
उदियामान खेलाडीले १५ हजार र अन्यले २१ हजार रुपैँया पाउनुभयो । यसैगरि उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु र सर्बाधिक गोलकर्ता आर्मीकै नवयुग श्रेष्ठ ( ३ गोल ) हुनुभयो । उहाँहरुले नगद २१ ह्जार रुपैँया पाउनुभयो । बिजयी तथा उपविजयी टिमलाई कांग्रेस नेता तथा पुर्व गृह तथा उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला , जिल्ला समन्वय समिति झापाका सभापति सोमनाथ पोर्तेल लगायातले पुरस्कार वितरण गर्नुभयो ।

सम्बन्धित खबर