Kanakai Online

झापा सुरुङ्गामा योगमायाको शालिक


शुक्रवार, फागुन २४, २०७५ |

लीलाराज झापाली
सुरुङ्गा , फागुन २४ गते । १०९ औ अन्तराष्ट्रिय नारी दिवशको अवशर पारेर नेपालमा संस्थागत महिला आन्दोलनको नेतृत्वको सुरुवात गर्ने क्रान्तिकारी महिला योगमाया न्यौपानेको शालिक अनावरण गरिएको छ । झण्र्डै दुई बर्ष अघि निर्माण सकिएको योगमायाको शालिक यसअघि राष्ट्रपति वा राष्ट्रका प्रतिष्ठित व्याक्तिबाट अनावरण गर्ने भनि अनावरण नगरि राखिएको थियो । यसपटक महिला दिवशको अवशर पारेर शालिक अनावरण गरिएको हो ।
झापाको कनकाई नगरपालिका ३ मा शाहसिक नारी योगमायाको अर्धकदको शालिशको सांघिय सांसद पवित्रा खरेलले अनावरण गर्नुभयो । सो अवशरमा शालिक निर्माण स्थल गरेको चोकलाई समेत योगमाया चौकको नामकरण समेत गरिएएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । पार्कसहितको सो ११ फुट अग्लो शालिक निर्माणका लागि कनकाई नगरपालिकाले १८ लाख रुपैँया र कनकाई सामुदायिक वन समुहले ५१ हजार तथा स्थानिय तुलाराज बस्नेतले ५० हजार रुपैँया सहयोग गरेको योगमाया शालिक निर्माण समितिकी अध्यक्ष सर्मिला कार्की कुवँरले बताउनुभयो । शालिक निर्माणका लागि कार्कीको नेतृत्वमा महिलामात्रैको शालिक निर्माण समिति गठन गरिएको थियो । तत्कालिन राणा शासनका वेला महिलाको विदुवा विवाह , वाल विवाहको अन्त्य र शति प्रथाको अन्त्यको माग राखि पटकपटक आन्दोलन गर्दा पनि माग पुरा नभएपछि वि ः स ः १९९८ सालमा योगमाया न्यौपानेको नेतृत्वमा ६८ जना महिलाले आन्दोलनकै क्रममा अरुण नदिमा हाम फालेर जलसमाधि लिएको इतिहास रहेको कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले बताउनुभयो । महिला मुक्तिको सम्मान स्वरुप कनकाई नगरपालिकामा योगमायाको शालिक निर्माण गरिएको उपप्रमुख प्रसाईले बताउनुभयो ।
शालिक अनावरण गर्दै प्रमुख अतिथि संघिय सांसद पवित्रा निरौला खरेलले ७७ बर्ष पहिले महिला मुक्तिका लागि योगमायाले थालेको आन्दोलनबाट मात्रै महिला मुक्ति र समानताका लागि देशमा अवशर प्राप्त भएको बताउनुभयो । सो अवशरमा नेपालको संविधान लेख्ने यस क्षेत्रका महिला सांसदहरु धर्मशीला चापागाई , अम्बिका राजवंशी , सरिता प्रसाईलाई सम्मान समेत गरिएको थियो । भने कार्यक्रममा प्रदेशसभा सदस्य हिरा थापा , पुर्व सांसद प्रेम गिरी लगायातले बोल्नुभएको थियो । कार्यक्रम कनकाई नगरपालिकाकी नगर कार्यपालिका सदस्यद्धय सावित्रा बर्देवा र सुनिता सिग्देलले संचालन गर्नुभएको थियो भने नगरका विभिन्न महिलाहरुले नृत्य गित लगायातका प्रस्तुती दिएका थिए ।
तस्बीर ः झापा कनकाई नगरपालिकामा क्रान्तिकारी नारी अभियान्ता योगमाया न्यौपानेको शालिक अनावरण गर्दै सांघिय सांसद पवित्रा निरौला खरेल लीलाराज झापाली