Kanakai Online

झापा गोल्डकपमा झापा सेमिमा


सोमवार, फागुन २०, २०७५ |

कनकाई अनलाईन
विर्तामोड , फागुन २० गते । झापाको विर्तामोडमा जारी चौथो मगमग झापा गोल्डकपमा आयोजक झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाले सोमवार आज भएको खेलमा हङकङ नेप्लीज टिमलाई ० का विरुद्ध १ गोलअन्तरको कठिन जित निकाल्दै आयोजक झापा ११ ले सेमिफाइनको यात्रा तय गरेको हो । झापाको तर्फबाट एकमात्रै निर्णायक गोल खेलको ४१ मिनेटमा कर्ण लिम्बुले गर्नुभयो । कर्णले निसान्त खड्काले दिएको क्रस पासमा हेर्डिङबाट गोल गर्दै आयोजकलाई बिजयी बनाउनुभयो । आयोजक झापा ११ पाहुना टिममाथि पुरै हावी भएपनि प्राप्त अवशरलाई सदुपयोग गर्न नसक्दा १ —० गोल अन्तरमा्चित्त बुझाएको थियो । खेलको ४ मिनेटमा झापाका दिलेन लोक्क्तामको फ्रिकिक हङकङको गोलपोस्टबाट थोरै मााथिबाट बाहिरियो । ८ औ मिनेटमा झापाका संयोज राइको क्रस पासमा कर्णको हेड गोलपोस्टमाथिबाट बाहिरियो । ११ औ मिनेटमा झापाका योगेस राइ गोलकिपरमात्रै रहेको अवस्थामा गरेको प्रहार थोरै गोलपोस्ट माथिबाट बाहिरिदा झापा अग्रता बनाउनबाट चुकेको थियो ।
खेलको १४ औ मिनेटमा झापाका कर्णको पासमा संजोगको प्रहार बाहिररियो । २० औ मिनेटमा झापाका कर्णको प्रहार बाहिरियो । यसैगरि २४ औ मिनेटमा झापाका कर्णले हङकङका गोलकिपर अविजित रोएमात्रै रहेको अवस्थामा गरेको प्रहार रोएले रोकिदिए । खेलको ३२ औ मिनेटमा झापाका योगेस गुरुङको प्रहार थोरै गोलपोस्टमाथिबाट बाहिरियो । खेलको ६३ मिनेटमा झापाका कर्णको प्रहार गोलपोस्टबाट थोरै माथिबाट बाहिरियो । खेलको ७७ मिनेटमा झापाका लागि विदेशी खेलाडी फ्रानिसिसको पासमा कर्णको प्रहार हङकङका गोलकिपर रोएले रोकिदिए । खेलको ८५ मिनेटमा झापाका ओनिमाको प्रहार हङकङका गोलकिपरले बचाउदा झापा अग्रता दोब्बर पार्नबाट चुकेको थियो । खेलको ९० मिनेटमा समेत हङकङका गोलकिपर रोएको हातबाट फुत्किएको वल हङकङका डिफेन्सले बचाएका थिए । हङकङका खेलाडीहरुले समेत पाएको आधादर्जन प्रहारलाई झापाका गोलकिपर दिनेश थापामगर डिफेन्स देबेन्द्र तामाङ बाधक भएका थिए । खेलको २५ मिनेटमा हङकङका इसाक लिम्बुको प्रहार गोलमा परिणत हुन नसक्दा हङकङ अग्रता बनाउन बाट चुकेको थियो । खेलको २६ मिनेटमै हङकङका मोहमदको प्रहार झापाको गोलपोस्टबाट थोरैमाथिबाट बाहिरिएको थियो ।
खेलको ४९ औ मिनेटमा हङकङको मोहमदको प्रहार झापाका डिफेन्सले बचाएका थिए । ८७ मिनेटमा हङकङकै मोहमदको प्रहार झापाका गोलकिपर दिनेश थापामगरले बचाएका थिए । खेलका इन्जुरी समयमा हङकङका दिपेश मोक्तानले झापाका गोलकिपरमात्रै भएको अवस्थामा गरेको प्रहार झापाका गोलकिपरले रोकेपछि झापा गोल्डकपको एकमात्र विदेशी पाहुना टोली पहिलो खेलबाटै घर फर्किएको थियो । आजको खेलको म्यान अफ द म्याच बिजयी टिमका निसान्त खड्का भए उनले नगद १५ हजार रुपैँया पाउनुभयो । मंगलवारको खेल विभागिय टिमहरु सशस्त्र प्रहरी वल र नेपाल आर्मीविच हुदै छ ।
झापा ११ को आयोजनामा भैरहेको प्रतियोगितामा एक विदेशी सहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद १२ लाख ५५ हजार र ६ लाख ५ हजार पाउने छ ।
तस्वीर ः प्रतियोगितामा प्रतिस्पर्धा गर्दै झापा ११ सेतो जर्सीमा र हङकङका हरियो जर्सीमा खेलाडीहरु 

सम्बन्धित खबर