Kanakai Online

नर्वेदेश्वर मन्दिरमा महायज्ञ


शनिवार, फागुन १८, २०७५ |

सपना सुवेदी
झापा कनकाई नगरपालिका १ नर्वेदेश्वर शिवालय मन्दिरमा श्रीमद ब्राम्हाण्ड महापुराण ज्ञान महायज्ञ सुरु भएको छ ।
आगामी फागुन २१ गतेसम्म संचालनहुने संगितमय महायज्ञको उद्घाटन कनकाई वार्डनम्बर १ का वार्डअध्यक्ष रोशनराज पोखरेलबाट भएको हो । ज्ञान महायज्ञ कनकाई किर्तन मण्डलीको आयोजना तथा सुर्योदय युवा क्लवको सहआयोजनामा संचालन गरिदै आएको छ । महायज्ञमा पं बिष्णु खतिवडाले वाचन गर्दै हुनुहुन्छ भने पं विरेन्द्र दाहालले पाठ वाचन गर्दै हुनुहुन्छ ।
पुराण आयोजक समितिकी सचिव सीता अधिकारीको संचालनमा भएको कार्यक्रममा कनकाई किर्तन मण्डलीका अध्यक्ष झलनाथ खतिवडाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको स्वागत सुर्योदय युवा क्लवका अध्यक्ष रोहित कोइरालाले गर्नुभएको थियो । भने कार्यक्रमको औचित्यमाथि प्रकाश ऋषिकेश खतिवडाले पार्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य प्रमुख अतिथि पोखरेल , वार्डनम्बर २ का वार्डअध्यक्ष परशुराम गिरी , ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , कनकाई नगरपालिका कार्यपालिका सदस्य कृष्णमाया भुजेल , जामुनवारी सामुदायिक वन समुहका अध्यक्ष खेमराज सिटौला , नर्वेदेश्वर शिवालय मन्दिरकी संरक्षक समिति अध्यक्ष सुलोचना ओली , लगायातले शुभकामना मन्तव्यल राख्नुभएको थियो । महायज्ञ अघि आयोजक समिति स्थानीयवाशी समाजसेवी धर्मप्रेमी लगायातको टोलीले र्याली निकालेको थियो ।

सम्बन्धित खबर