Kanakai Online

संजोग राई चम्किदा झापा ११ बिजयी


शनिवार, फागुन १८, २०७५ |

कनकाई अनलाईन
विर्तामोड , फागुन १५ गते । झापाको बिर्तामोडमा सुरु भएको चोथो झापा गोल्डकपमा आयोजक मगमग झापा ११ ले आफ्नो सुरुवाती खेलमा बिजय हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
झापाले उदघाटन खेलमा सहारा क्लव पोखराको चुनौती २ —० गोलले पन्छायो । झापाले दुबै गोल पहिलो हाफमा पोखराको पोस्टमा गरेको हो । झापाका तर्फबाट अतिरिक्क्त समयमा प्रवेश गरेका संयोज राइ नायक बन्नुभयो । संयोजले खेलको ३९ मिनेटमा मिलाइदिएको पासको सदुपयोग गर्दै झापाका विदेशी मुलका खेलाडी काजीमले गोल गर्दै घरेलु टिम झापालाई सुखद सुरुवात गर्नुभयो । पहिलो गोलको ६ मिनेट पछि झापाका खेलाडी योगेश गुरुङ्गको पासमा संजोगले झापाका लागि दोस्रो गोल गरि जितको आधार तयार पार्नुभयो । खेलको म्यान अफ द म्याच समेत संजोग राई हुनुभयो ।
उहाँले नगद १५ हजार रुपैँया पाउनुभयो । खेलमा दुबै टिमबाट गोलका अवशरहरु श्रृजना भएपनि झापा ११ का गोलकिपर दिनेश थापामगर र पोखराका गोलकिपर लेकीकुमार कार्कीले बिफल बनाउनुभयो ।
खेलको ७ औ मिनेटमा झापाका हेमन्त थापामगरको प्रहार पोखराको गोलकिपर लक्कीकुमार कार्कीले सजिलै नियन्त्रणमा लिनुभयो । १३ औ मिनेटमा झापाका दिलेन लोक्त्तामको क्रसपासमा झापाका कर्ण लिम्बुको हेड पोखराका गोलकिपरले बचाए । खेलको २० औ मिनेटमा पोखराका विसन गुरुङ्गको पासमा त्रिदेव गुरुङ्गको प्रहार झापाका गोलकिपर दिनेशथापा मगरले बिफल पारिदिनुभयो । यता खेलको २६ औ मिनेटमा झापा ११ का विदेशी खेलाडी फ्रान्सिसको कडा प्रहार पोखराको गोलपोस्टभन्दा थोरै माथिबाट बाहिरियो । खेलको उद्घाटन प्रदेश सरकारका आन्तरिक तथा कानुनमन्त्री हिक्मत कार्कीले गर्नुभयो । उहाँले झापालाई खेलको हव र खेलाडी उत्पादनका क्षेत्रमा प्रदेश सर्कारले कुनै कसर बाकी नराख्ने बताउनुभयो ।
आइतवारको दोस्रो खेल सशस्त्र प्रहरी र मोरङ्ग ११ विच हुने आयोजक झापा ११ ले जनाएको छ । प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमले नगद १२ लाख ५५ हजार र ६ लाख र प्रतियोगितामा हरेक दिनको म्यान अफ द म्याचलार्ई नगद १५ हजार र पतियोगिताकै सर्बोत्कृष्ट खेलाडीले एकथान मोटरसाइकल पाउने छ । प्रतियोगितामा आयोजक मगमग झापा ११ सहित नेपालका ९ टिमहरु विभागिय टिमहरु त्रिभुवन आर्मी , नेपाल प्रहरी , सशस्त्र प्रहरी बल , मनाङ मस्र्याङदी क्लव , थ्री स्टार , मोरङ ११ , रुपन्देही ११ , सहारा क्लव पोखरा , र विदेशी क्लव हङकङ नेप्लिज क्लवको सहभागिता रहने जनाइएको छ ।
 

सम्बन्धित खबर