Kanakai Online

सुधार केन्द्रमा खुसी बाढ्दै कक्षा ९ का बिद्यार्थी


शुक्रवार, फागुन १७, २०७५ |

कनकाई अनलाईन ।
शुक्रवार झापा शिवसताक्षी नगरपालिका १० माइधारका एक सरकारी र एक निजि विद्यालयमा कक्षा ९ मा अध्यानरत् करिव सयजना विद्यार्थी जव सुरुङ्गास्थित एक सुधारगृहमा प्रवेश गरे , त्यसवेला सुधारकेन्द्र सुधारकेन्द्र नभएर कसैको जन्मदिन मनाइरहेको जस्तो अवस्था त्यहा देखिएको थियो ।
 

माइधारस्थित मेची बोर्डिङ्ग स्कुल र बालनिकुञ्ज माविमा कक्षा ९ मा अध्यानरत् विद्यार्थीहरुको समुह सुरुङ्गास्थित नयाँ दृष्ट्रि प्रतिष्ठानमा शुक्रवार शन्देशमुलक प्लेकार्ड खादा र लड्डु बोकेर प्रवेश गरेका थिए ।
नयाँ दृष्ट्रि प्रतिष्ठानमा ३५ जना विभिन्न लागु औषधको दलदलमा फसेका युवाहरुलाई सुधारका लागि राखिएको छ । बन्द कोठाभित्र राखिएका युवामाझ जव विद्यार्थीहरुको समुह पुगेर कुलतमा फसेका युवालाई सम्मान सहित लड्डु खुवाउन थाले त्यतिवेलै सुधारकेन्द्रमा रहेका युवाको समुहले धाराप्रवाह ताली पिटेर स्वागत गरिरहदा सुधारकेन्द्रको माहौल निक्कै रोचक बनेको थियो । विद्यार्थीहरुले तपाइहरु सुधारकेन्द्रमा रहनुभएका युवाहरु खराव हैन समय र परिस्थितिका कारण केहि भुल गर्नुभएको होला अव सबै ठिक हुन्छ हामीहरु तपाइको अगाडिको जिवनलाई थप सफल बनाउने कुरामा मद्धत गछौ भन्दै विद्यार्थीहरुले आफ्नै हातले सुधारकेन्द्रमा रहेका युवालाई लड्डु खुवाएर चाडै समाजमा अन्तरघुलन हुन सुभकामना दिएका थिए ।
यसरी विद्यार्थीहरुले केहि समयदेखि देशकै प्रमुख समस्याका रुपमा रहेको लागुऔषधलाई न्युनिकरणका लागि जिल्लाव्यापी अभियान संचालन गरिरहेको र शुक्रवार लागुऔषधको कुलतमा फसेकाहरुको पुर्नस्थापनामा रहेका युवा समुहका समस्याहरुका वारेमा साक्षात्कार गरेको मेची बोर्डिङ स्कुलका पिन्सिपल तथा सामाजिक अभियान्ता भीम भट्टराईले बताउनुभयो । अभियानका क्रममा विद्यार्थीहरुले सुधारकेन्द्रमा रहेका युवाहरुको घरायसी समस्याका वारेमा समेत अन्र्तक्रिया गरेका थिए । विद्यार्थीहरुको यस अभियानमा ब्रिटिस काउन्सिलको समेत साथ रहेको भट्टराईले बताउनुभयो । पुर्नस्थापना केन्द्रमा आयोजित कार्यक्रममा पिन्सिपल भट्टराई , सुधार केन्द्रका संयोजक बुद्धि सुब्बा पत्रकार महासंघका लीलाराज झापाली लगायातले विद्यार्थीको अभियानले सुखी समाजको परिकल्पनामा मद्धत पुग्ने बताउनुभयो । सुधारकेन्द्रबाट फर्केपछि उनीहरुलाई समाजले हेर्ने दृष्ट्रिकोण फरक हुनु नहुने भन्दै जनचेतना जगाउने उद्धेश्यले विद्यार्थीकै पहलमा यस प्रकारको कार्यक्रम हुदै आएको छ ।

सम्बन्धित खबर