कनकाई अनलाईन
झापाको बिर्तामोडमा संचालन हुने झापा गोल्डकपको चौथो संकरण आगामि फागुन १८ गतेदेखि २७ गतेसम्म डोमालाल सङ्गशालामा हुने भएको छ ।
प्रतियोगिताको तयारीका बारेमा बुधवार विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य प्रायोजकमा झापाबाटै यसबर्षबाट उत्पादन सुरु गरेको मगमग चाउचाउ रहेको समेत जानकारी गराइएको छ । प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमले नगद १२ लाख ५५ हजार र ६ लाख रहेको झापा ११ फुटवल क्लवका अध्यक्ष जलकुमार गुरुङ्गले बताउनुभयो । प्रतियोगितामा हरेक दिनको म्यान अफ द म्याचलार्ई नगद १५ हजार र पतियोगिताकै सर्बोत्कृष्ट खेलाडीले एकथान मोटरसाइकल पाउने समेत जानकारी गराइएको छ ।
प्रतियोगितामा आयोजक मगमग झापा ११ सहित नेपालका ९ टिमहरु विभागिय टिमहरु त्रिभुवन आर्मी , नेपाल प्रहरी , सशस्त्र प्रहरी बल , मनाङ मस्र्याङदी क्लव , थ्री स्टार , मोरङ ११ , रुपन्देही ११ , सहारा क्लव पोखरा , र विदेशी क्लव हङकङ नेप्लिज क्लवको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगितामा पुराना २ जना फुटवल खेलाडीलाई नगद २५ हजार सहित सम्मानित गर्ने समेत जनाइएको छ । यसबर्ष गोल्डकपको टिकट बिक्रिका लागि इटिकटको समेत व्यावस्था गरिएको र दर्शक बस्नका लागि बाँसको अस्थायी प्याराफिट बनाइएको जानकारी गराइएको छ ।