कनकाई अनलाईन
भारतीय कुखुरा तथा अण्डा खुल्ला सिमाको फाइदा उठाउदै नेपालमा आयत भइरहेको र सो रोक्न माग गर्दै झापाली कुखुरा व्यावसायीले शनिवार विरोध प्रर्दशन गरेका छन ।
नेपाल कुखुरा पालक किसान संघ झापा र जिल्ला कुखुरा व्यावसायी संघको आयोजनामा झापाको सुरुङ्गामा विरोध प्रर्दशन र कोणसभा पछि इलाका प्रहरी कार्यालय सुरुङ्गा मार्फत प्रशासनमा ज्ञापन पत्र बुझाइएको छ ।
कुखुरा पालक किसानहरुको समुहले अबैध कुखुरा नेपाल भित्रिदा किसानहरु मर्कामा परेको भन्दै यसलाई रोक्न माग गर्दै नाराबाजीसहित सुरुङ्गा बजार परिक्रमा गरेका थिए । विगत केहि महिना देखि झापा र भारतको सिमाक्षेत्रमा झापाली कुखुरा पालक कृषकहरुले आफै गस्ती गरि नेपाल भित्रिदै गरेको कुखुरा बरामद गर्दै आएका छन ।
गत फागुन १ गते कनकाई नगरपालिका ७ दुर्गापुरमा काठमाण्डौ लैजान तयारी अवस्थामा राखिएको ५ सय बटा लोकल लुइचे जातका कुखुरा कुखुरा पालक संघको नेतृत्वमा बरामद गरेर प्रहरीमा बुझाएपछि कुखुरा पालक संघ र काठमाण्डौ कुखुरा लैजाने समुहविच इलाका प्रहरीमा उजुरीको जुहारी चल्दै आएको छ । किसानहरुले बरामद गरेको कुखुरा भारतीय भएको दावी गरेका छन भने कुखुरा व्यापारी तुराबुल हकले भने उक्त कुखुरा नेपालकै भएको दावी गर्दै आएका छन ।
बरामद कुखुरालाई प्रहरीले नष्ट गरिसकेको छ । सरकाले खुल्ला सिमाक्षेत्रबाट भित्रिने कुखुरालाई कडाई नगरिदिदा नेपालका कुखुरा पालक किसान मारमा परेको जिल्ला कुखुरा व्यावसायी संघका अध्यक्ष विवेक निरौलाले बताउनुभयो । देश कुखुरा जन्य पदार्थमा आत्मनिर्भर भएको भनिएपनि झापा जस्तो खुल्ला सिमाना भएको स्थानबाट अझैपनि ४० प्रतिशत कमसल जातका भारतीय कुखुरा नेपाल भित्रिएर राजधानीसम्म पुगिरहेको निरौलाले बताउनुभयो । विरोध प्रदर्शन पछि आयोजित कार्यक्रममा जिल्ला कुखुरा व्यावसायी संघका कोषाध्यक्ष माइनस प्लस संग्रौला , मेची कोशी पोल्टी व्यावसायी संघका अध्यक्ष तेजकुमार भट्टराई लगायातले सम्मोधन गरेका थिए ।