कनकाई अनलाईन
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा संचालित नगरस्तरीय क्रिकेट र भलिवलको उपाधि कनकाई ३ ले जितेको छ । कनकाई नगरको तेस्रो वडा स्तरीय क्रिकेट तथा भलिबल प्रतियोगिताको बिहीबार भएको दुवै फाइनल खेलमा सफलता निकाल्दै वडा नं। ३ ले उपाधि आफ्नो कब्जामा पारेको हो ।
आइतवारदेखी कनकाई मा।वि। को खेलमैदानमा भएको प्रतियोगितामा बेस्ट अफ फाएभ भलिबल तर्फ तीन शुन्यको सोझो सेटमा वडा नं। ३ ले वडा नं। ५ लाई पराजीत गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । खेलको पहिलो सेटमै २५र१६ ले दबावमा राख्दै जिततिर अग्रसर भएको वडा नं। ३ ले लगातार दोस्रो २५र१४ साथै तेस्रो सेटमा २५र६ ले अग्रता लिदै उपाधि आफ्नो कब्जामा पारेको थियो । खेलमा म्यान अफ द म्याच विजेता टिमका राजु थापा भएका थिए भने म्यान अफ द टुनामेन्ट विजेता टिमकै निश्चल सापकोटाले हात पारे को भलिवल खेलका संयोजक विनोद राना मागरले वताएका छन् । ।
भलिबलमा कब्जा जमाएको वडा नं। ३ ले वडा नं। ४ लाई पराजीत गर्दै वडा स्तरिय टि९टेन क्रिकेट प्रतियोगिताको समेत उपाधि हात पारेको छ । टस जितेर पहिले ब्याटिङमा उत्रिएको वाड नं। ३ ले निर्धारित १० ओभरको खेलमा ९ विकेट गुमाउँदै ६७ रन जोड्न सफल भएको थियोे । जसको लागि कप्तान अनुस कट्टेलले १३ बलमा १३ रन , प्रनिस बिमलिले १५ बलमा १६ रन , सुवास सेडाईले १२ बलमा १३ रन , विवेक वस्नेतले ८ बलमा १३ रनको योगदान दिएका थिए भने बाकी ब्याटमेनले दोहोरो अंक जोड्न सकेका थिएनन् ।
बलिङतर्फ वाड नं। ४ का मनोज थापाले ४ , दिनेश सिटौलाले २ , मिलन कार्की र सविन कुमार प्रसाईंले १,१ विकेट लिएका थिए । ६८ रनको लक्ष्य लिएर जवाफि ब्याटिङमा उत्रिएको वडा नं। ४ ले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै मात्र ५३ रन जोडेको थियोे । वडा नं।४ का क्याप्टेन मिलन कार्कीले डटेर खेल्दै १७ रन वनाए पनि अरु कुनै पनि ब्याटमेनले दोहोर अंक जोड्न नसके पछि अन्तत १४ रनले हार वेहोर्नु परेको थियो ।जितका लागि वडा ३ का वलर आयुस न्यौपानेले ३ विकेट , दिव्य प्रकाशले २ र लोकनाथ सुवेदी , अनिस कट्टेल , राकेश मण्डलले १,१ विकेट लिएका थिए ।
विजेता टिमका प्रनिस विमलि वेस्ट व्याटमेन र प्लेयर अफ द टुनामेन्ट दुवैमा छनौट भए । त्यसैगरी विजेता टिमकै अनिश कट्टेल वेस्ट वलर र म्यान अफ द म्याच आयुस न्यौपाने भए भने उपविजेता टिमका सविन कुमार प्रसाईं उदयमान खेलाडीमा छनौट भए । यसै विच कनकाईका सविन कुमार प्रसाईं र प्रनिस विमली जिल्ला स्तरिय टिममा छनौट भएको क्रिकेट खेलका खेल सम्योजक विश्व विजय खरेलले वताएका छन साथै यो प्रतियोगितामा समावेश भएका खेलाडी मध्येवाट छनौट गरि कनकाईमा एउटा सशक्त क्रिकेट टिम निर्माण गर्ने पनि खरेलले जानकारि गराएका छन ।
कनकाई नगरपालिकाको मुख्य सहयोगमा सम्पन्न दुवै खेलका विजेतालाई १८ हजार नगद र उपविजेता लाई १२ हजार नगद साथै मेडल , ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कारको राशी कार्यक्रमका प्रमुख अतिथी कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र कनकाई खेलकुद प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजेन्द्र उप्रेतीले हस्तान्तरण गरेका थिए ।
दुवै खेलमा विधागत उत्कृष्ट खेलाडीलाई समाजसेवी श्याम ओलीले पुरस्कार प्रायोजन गरेका थिए भने उनकै हातबाट वितरण पनि गरिएको थियो ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजेन्द्र उप्रेतीको सभापतित्व एवम् सचिव दिननाथ खतिवडाले संचालन गरेको समापन कार्यक्रममा कनकाई नगरवडा नं।३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, वडा नं।४ का वडाअध्यक्ष गोविन्द पौडेल, समाजसेवी श्याम ओली, प्रतिष्ठानका सल्लाहकारहरु नारायण पोखरेल, टिका लामिछाने लगायतले मन्तव्य राखेका थिए ।