Kanakai Online

आगलागि पिडित थापा परिवारलाई रेडक्रसको साथ


शनिवार, माघ २६, २०७५ |

कनकाई अनलाईन
सुरुङ्गा । कनकाई नगरपालिका ४ त्रिवेणी टोलमा बिहिवार राती विद्युत सर्टभई आगलागि हुदा प्रकाश थापाको घर जलेर पुर्णतय नष्ट भएको छ ।
राती करिब ९ बजे थापाको टिनको घरमा आगलागि हुदा उनको घर जलेर नष्ट्र भएको छ । उनको घरमा राखिएको सबै लत्ता कपडा , भाडा बर्तन , फनिचरका सामान , ३० मन खान राखेको धान चामल लगायातका सामाग्रीको साथै ३ बटा बाख्रा मरेका छ भने २ बटा गाईका बाच्छाहरु जलेर घाइते बनेका छन । राती राईस कुकरबाट बिद्युत सर्ट भई लागेको आगो एक्कैसाथ फैलिदा आफुले लगाएका कपडा बाहेक केहिपनि झिक्न नपाएको थापाले बताउनुभयो । आगालागि स्थानीय गाउले , प्रहरी र विर्तामोड नगरपालिकाको बारुण यत्रले नियन्त्रणमा लिएपनि घर र सामाग्री भने केहिपनि वचाउन नसकिएको थापाले बताउनुभयो । यसैविच घर आगलागि भएर विचल्नी अवस्थामा रहेका थापा परिवारलाई नेपाल रेडक्रस सोसाइटी सुरुङ्गाले आफ्नो विपत कोषबाट खाद्यान्न त्रिपाल , भाडाबर्तन , चिउरा , ओड्ने च्यादर , चाउचाउ लगायातका अत्यावश्यक सामाग्री प्रदान गरेको छ ।
रेडक्रस सोसाइटी सुरुङ्गाका सभापति प्रविन तिम्सिना , सचिव नवलकिसोर दत्त , सदस्य सुदिप भण्डारी , पुर्व सभापति तथा निवर्तमान जिल्ला सदस्य श्याम पौडेल , कनकाई नगरपालिका ४ का वार्डअध्यक्ष गोविन्द पौडेल सदस्य रोषन सुवेदी , कनकाई उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेती , रेडक्रसकर्मी तोयानाथ अधिकारी लगायातले रेडक्रसको विपद व्यावस्थापन कोषद्धारा खरिद गरिएको सामाग्री प्रदान गरिएको हो । यसैविच आगलागिबाट जलेको थापाको घरलाई स्थानीयको सहयोगमा पुर्ण निर्माण थालिएको छ ।