कनकाई अनलाईन
सुरुङ्गा । पुकार अपाङ्ग सरोकार समाज कनकाईको अध्यक्षमा पुन निर्मला ओझा चयन हुनुभएको छ ।
संस्थाको सम्पन्न अधिवेशनले ओझाको नेतृत्वमा नया समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा भेषराज न्यौपाने , सचिवमा गंगा सिटौला , सहसचिवमा निर्मला बराल र कोषाध्यक्षमा रुद्रलाल दुलाल र सदस्यहरुमा निर्मला खनाल , युवराज न्यौपाने , टेकनारायण पंण्डित र बालिका चम्लगाई रहनुभएको छ । यसैगरि सन्तोस सुवेदीको संयोजकत्वमा ओम प्रसाद संग्रौला र सीता ओली सदस्य रहनेगरि लेखा समितिको समेत चयन गरेको छ । कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईको प्रमुख आतित्थमा सम्पन्न कार्यक्रममा नगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा बर्देवा , समाजसेवि श्याम ओली , पुण्य ओझा , टिका लामिछाने ,वार्डसदस्य युवराज चम्लगाईँ लगायातको आथित्यता रहेको थियो ।