Kanakai Online

झापाली कांग्रेसद्धारा प्रमलाई ज्ञापन


आइतवार, माघ २०, २०७५ |

कनकाई अनलाईन
अघिल्लो सरकारका पालामा सुरु भएका बहु वर्षीय आयोजनाका काम रोकिएको भन्दै नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ ले विकास आयोजनाका काम सुचारूको माग सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
क्षेत्रीय सभापति गणेश पोखरेलको नेतृत्व टोलीले झापाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहु वर्षीय आयोजनाका काम सुचारूको माग सहित ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा प्रदेश नम्बर १ कै सार्वाधिक ठूलो सुविधा सम्पन्न ११ करोड २६ लाख २७ हजारमा काम सुरु भएको सभा गृह, गिरिजाप्रसाद स्मृति सभा गृह, प्रदेश नम्बर १ को सरकारी मेडिकल कलेजको रूपमा स्थापना गर्ने लक्ष्यका साथ २० करोडको लागतमा निर्माण सरु गरिएको मेची अञ्चल अस्पताल भवनको काम रकम रोकिएर अलमलमा परेको भन्दै चाडो निर्माण गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
यसैगरी चारआली केचना सडक खण्डको चारआली—देउनिया पृथ्वीनगरको काममा ढिलासुस्ती भएको, पाठामारी बालुवाडी सडकको कालोपत्रेको काम रोकिएको, केचना चक्रपथ सडक कालेपत्रे सहितको काम रोकिएको, जलथल अधिकारी चौक दल्की—घेरावारी सडक कालो पत्रे रोकिएको, देउनिया पाथिभरा सिञ्चाइ आयोजना रोकिएको, अदुवा खोला सिञ्चाई आयोजना हल्दिवारी—बाह्रदशीको काम रमकमकै कारण ढिलासुस्ती भएको लगायत ३६ वटा आयोजनाका काम रोकिदा दक्षिण झापाको विकास र समृद्धिमा बाधा परेको ठहर सहित बहुवर्षे आयोजनाका काम सञ्चालनको माग गरिएको हो । विगतका सरकारका पालामा सुरु भएका आयोजना रोकिनु स्थानीय नागरिकमाथि अन्याय गरिनु हो भन्दैे ज्ञापन पत्रमा सरकारलाई देश र जनताको साझा अभिभावक बन्न आग्रह समेत गरिएको पोखरेलले बताउनुभयो ।