कनकाई अनलाईन
अवैध रूपमा भारतीय कुखुरा नेपाल ल्याइने गर्दा नेपाली कुखुरा व्यावसाय धरासयी भएको भन्दै झापाली कुखुरापालक कृषकले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको छ ।
खुला सिमानाका कारण झापामा भारतीय कुखुरा अवैध आयात गरिदा नियमनकारी निकायले चासो नदेखाउदा नेपालको पोल्ट्री ब्यावसाय धरापमा पर्ने परेको भन्दै व्यावसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई ध्याकर्षण गराएका हुन् ।
सिमा क्षेत्रमा खटिने नेपाल प्रहरी र शसस्त्र प्रहरीको बेवास्थाकै कारण प्रतिबन्धित भारतीय कुखुरा व्यापारीहरुले नेपाल भित्राइरहदा समेत प्रशासनको मौनताका कारण नेपाली व्यावसाय धरासायी बन्दै गएको व्यावसायीको गुनासो छ ।
भारतवाट अवैध रूपमा विचौलियाहरु मार्फत नेपाल आयात हुने प्रतिवन्धित कुखुरा बन्द गर्न आफुहरुले पटक पटक प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाआर्कषण पत्र दिए पनि प्रजिअले यस बिषयमा कुनै सुनुवाइ नै नगरेको नेपाल कुखुरा पालक संघ झापाका अध्यक्ष राजन पौडेलले बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा प्रतिबन्धित भारतिय कुखुरा नेपाल भित्र्याइएको बताउदै तत्काल रोक्नु पर्ने माग कृषकको छ । अध्यक्ष पौडेलले प्रतिबन्धित कुखुरा ल्याउने भरियालाई समेत कडा कारवाही गर्न माग गर्नुभएको छ । पछिल्लो समय नेपाल भारत खुल्ला सिमाको फाइदा उठाउदै दैनिक जसो भारतबाट नेपाल जिउदो कुखुरा भारतबाट नेपाल भित्रने गरेको छ ।