कनकाई अनलाईन
झापा, १० माघ । बिशेष सुराकीको आधारमा प्रहरीले झापाको छुट्टाछुट्टै स्थानबाट बुधवार सखुवाको चिरान काठ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङगा र कन्काई सब डिभिजन बन कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले झापाको कन्काई नगरपालिका–४ बस्ने चन्द्र चौहानको घरमा लुकाई छिपाई राखेको १८ थान २०।३५ क्युबि फिट र कन्काई नगरपालिका–४ बस्ने सुकबहादुर श्रेष्ठले गाईगोठमा लुकाई छिपाई राखेको २३ थान १४।१७ क्यु।बि। फिट काठ बरामद गरेको हो ।
बरामद गरेको उक्त परिमाणको चिरान काठ कन्कााई सब डिभिजन बन कार्यालय सुरुङ्गामा बुझाईएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।