कनकाई अनलाईन
झापा कनकाई नगरपालिकामा रहेको एक अपाङ्ग वालवालिकाको आश्रमलाई एनएमबि बैँकले २५ लाखको लागतमा आफ्नै भवन बनाइदिने भएको छ ।
पुकार असक्त सरोकार समाजका वालवालिकाका लागि बैँकले कनकाई नगरपालिका ४ त्रिवेणीटोलमा अपाङ्गमैत्री भवन बनाइदिन लागेको हो । भवन बनाउनका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो व्याक्तिगत तर्फबाट १ कठ्ठा जमिन निशुल्क प्रदान गर्नुभएको थियो । सोहि जमिनमा बन्न लागेको संस्थाको भवन आइतवार नगरपालिका प्रमुख पोखरेल , एनएनबी बैँकका अध्यक्ष पवनकुमार गोल्यान , बैँकका सिइओ सुनिल केसी , पुर्व मिस टिन खुश्बु ओली लगायातले शिल्यान्यस गर्नुभयो । आगामी ६ महिनाभित्र बनिसक्ने लक्ष्यका साथ निर्माण थालिएको सो भवनमा हाल भाडाको घरमा बस्दै आएका १४ जना अपाङ्ग वालवालिका सहित जम्मा २० जना वालवालिकालाई राखिने पुकार अपाङ्ग सरोकार समाजकी संचालिका निर्मला ओझाले बताउनुभयो । ओझाका आफ्नै २ छोरी अपाङ्ग रहेका छन भने उहाँलाई श्रीमानले समेत छोरी जन्मिएपछि छाडेर अलपत्र बनाएपछि आफ्ना छोरी र थप अन्य अपाङ्ग वालवालिकासमेत भेला पारेर कनकाई नगरपालिका ३ टप्पुमा भाडाको घरमा अपाङ्ग आश्रम संचालन गर्दै आउनुभएको थियो । मासिक १५ हजार रुपैँया घरभाडा तिरेर आश्रम संचालन गर्नुपर्दा पटक पटक घरभाडा तिर्न नसकेर आश्रमबाट केटाकेटी निकाल्नु परेको भन्दै समाचार समेत प्रकाशन भएपछि एनएनबी बैकले सामाजिक उत्तरदायित्व मार्फत यस संस्थाको भवन निर्माण गरिदिएको स्थानीय समाजसेवी श्याम ओलीले बताउनुभयो । कार्यक्रममा कनकाई नगरपाकिला ४ नम्बर वार्डअध्यक्ष गोविन्द पौडेल , एनएनबी बैँकका निर्देशक हरिबाबु न्यौपाने , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , रेडक्रस सोसाइटी सुरुङ्गाका अध्यक्ष प्रविन तिम्सिना , स्थानीय समाजसेवी शिवहरी मैनाली , युवासंघका नेता गोविन्द सुवेदी लगायातले बैँकको कार्यको खुलेर प्रसंसा गर्नुभएको थियो । कार्यक्रम टिका लामिछानेले गर्नुभएको थियो ।
भवन शिलयान्यस गर्दै नगरप्रमुख पोखरेल एनएनबी बैँकका अध्यक्ष गोल्यान लगायात