कनकाई अनलाईन
झापा अर्जुनधाराकी १० की एक महिलाको हत्या गर्ने उद्धेश्यले धारिलो हतियार (खुकुरी) प्रहार गरि सोही स्थानका एक व्याक्तिले आफ्फै आत्महत्या गरेका छन ।
गत शनिवार विहान साढे ५ वजे स्थानिय २४ वर्षीया जमुना ओझालाई टाउकोमा खुकुरी प्रहार गरि फरार सोही वडाको चिसापानी वस्ने ४४ वर्षीय खडानन्द पौडेलले घाटी रेटेर आत्माहत्या गरेका हुन ।
पौडेलले विहान जमुनालाई घरको ढोका खोल्न लगाएका थिए भने जमुनाले विहान उठेर घरको ढोका खोल्ने वित्तिकै पौडेलले घर भित्र पसेर अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारवाट जमुनाको दाईने भागको कान छिनेको छ । टाउकोमा गहिरो चोट छ । जमुनाकै घरमा राति सुत्न साथी आएकी छिमेकी १८ वर्षीय वालकुमारी भारति पनि प्रतिकार गर्ने क्रममा घाईते भएकी छन । उनको दुवै हातका औला काटिएको छ ।
जमुनाको घर देखि ३ सय मिटर दक्षीण एउटा कुलोमा पौडेलको सव फेला परेको छ । प्रहरीका अनुसार पौडेलको शव भेटिएको स्थानमा जमुनालाई प्रहार गरेको खुकुरी पनि वरामद भएको छ । घटना स्थलको प्रकृति हेर्दा पौडेलले आफ्नै घाँटी खुकुरीले रेटेर आत्मा हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाई छ ।
जमुनाका श्रीमान् वैदेशीक रोजगारका क्रममा दुवईमा कार्यरत छन । उनी यसैसातामात्रै घर आउने तयारीमा रहेको स्थानीयको भनाई छ जमुना आफ्नो ६ वर्षीय छोरा संग घरमा वस्दै आएकी थिईन । स्थानियका अनुसार विहानै जमुनाको घरमा चिच्याएको आवाज आएपछि गाउले उठेर जादा दुइजना घाइते अवस्थामा भेटिएका थिए । स्थानीयका अनुसार साथी सुत्न गएकी वालुकुमारी भारती जमुनाको घरमा शुक्रबार साथी गएकी थिईन । भारतीले समेत पौडेलको प्रतिकार गर्न खोज्दा घाइते बनेकी छिन । घाईते दुवै जनाको विएण्सी अस्पतालमा उपचार भईरहेको छ । घाइतेमध्ये ओझाको अवस्था चिन्ताजनक रहेको छ भने भारती खतरामुक्त रहेकी छिन ।
मृतक पौडेल पेशाले पुरोहित हुन । उनि डकर्मी सिकर्मीको पनि काम गर्छन । स्थानिय गाँउलेका अनुसार मृतक पौडेल र घाईते जमुनाका श्रीमान् नविन घनिष्ट साथी हुन । तर, कुन उद्धेश्यले जमुनाको हत्या प्रयास भयो गाँउले कसैले केहि वुझेका छैन । एक स्थानियले भने जमुनाको हत्या भयो भनेर उनले पनि घाटि रेटेर आत्माहत्या गरेको हुन सक्छ । यसअघि पौडेलले ओझाको घरमा गएर घरको काममा सहयोग समेत गर्दै आएको स्थानीयको भनाई छ । हाल मृतक पौडेलको शव पोस्टम्याटमका लागि मेची अंञ्चल अस्पताल भद्रपुर लगिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरिक्षक होम अधिकारीले बताउनुभयो ।