कनकाई अनलाईन
सुरुङ्गा । माघ ३ गते । गत पुस १२ गतेको निर्वाचनमा बिजयी हुने कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाका निर्वाचित पदाधिकारी र कार्यसमितिको पदको सपथग्रहण र पदहस्तानतरण सम्पन्न भएको छ ।
संघका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले हालै निर्वाचित अध्यक्ष त्रिलोलन चिमरिया लगायातको सिङ्गो टोलीलाई पदहस्तानतरण गर्नुभयो । यसअघि निर्वाचन समितिका संयोजक प्रकाश चुडालले निर्वाचिन पदाधिकारी र कार्यसमितिलाई पदको सपथ खुवाउनुभएको थियो । पदको सपथ पछि आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल , हालका अध्यक्ष त्रिलोचन चिमरिया , कार्यक्रमका प्रमुख अथिति उद्योग बाणिज्य महासंघका प्रदेश समिति संयोजक नरेन्द्र खड्का , कांग्रेसका नेता देउमान थेबे , उद्योग बाणिज्य संघ उर्लाबारीका अध्यक्ष पृतम खड्की , पुर्व गाविस अध्यक्ष भीमप्रसाद अधिकारी , लक्ष्मीपुर बजार व्यावस्थापन समिति अध्यक्ष नेत्र नेपाल पत्रकार तीर्थराज खरेल लगायातले सफल कार्यकालको शुभकामना राख्नु भएको थियो ।
स्मरण छ कनकाई उद्योग बाणिज्य संघको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको सिङ्गल प्यानल र कनकाईका अन्य नेपाली कांग्रेस , राप्रपा , मदेसवादी दल , विवेकशील साँझा पार्टी , संघिय समाजवादी फोरम गठबन्दन बनि भएको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा कम्युनिष्ट पार्टीका सोमनाथ उप्रेती निर्विरोध बनेका थिए भने बाकी सबै पदमा गठबन्दनका उम्मेद्धारले विजय हासिल गरेका थिए ।