Kanakai Online

डाक्टर केसिको माग पुरा गर्न कांग्रेस नेता सिटौलाको माग


बुधवार, माघ २, २०७५ |

कनकाई अनलाईन
पुर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्ण कृष्णप्रसाद सिटौलाले इलाममा अनशनरत् डाक्टर गोविन्द केसिको माग पुरा नगरे नेपाली कांग्रेसले सदनमा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
बुधवार झापाको विर्तामोडमा प्रेस युनियानद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले डाक्टर केसिका वारेमा सरकारले गरेका सम्झौताहरुको पुर्ण पालना गर्नुपर्ने बताउनुभयो । सरकारले केसिसग गरेका पालनाहरु ँलना गर्न केले रोक्यो यदि सरकार आफुले गरेका सम्झौताबाट पछि हट्छ भने कांग्रेस संसदमा कडा रुपमा आफ्नो कुरा राख्न बाध्य हुनेछ सिटौलाले भन्नुभयो ।
यता नेता सिटौलाले आफ्नो गृहजिल्लावाशी सहकर्मी देशको प्रधानमन्त्री भएपनि परिवर्तन र आन्दोलनका पक्षमा साथ दिने जनता निराश हुनु परेको बताउनु भएको छ । सिटौलाले संविधानभित्रै बाट सरकारले जनतालाई धेरै कुरा दिन सक्ने भएपनि सरकार असफल भएको बताउनु भएको हो । यसवेलासम्म सरकारले जनताबाट वाहवाही पाउनुपर्नेमा सरकारले जनताको पक्षमा काम गर्न नसकेको टिप्पणी गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहनु भएका सिटौलाले सरकार बलियो भएपनि देश र जनता कमजोर भएको बताउनु भयो । यहाले ’ सरकारले गल्ती गरोस् प्रतिपक्षलाई फाइदा होस् भन्ने पक्षमा कांग्रेस नरहेको समेत बताउनुभयो ।
उहाँले न्यायलय , प्रेस , सामुदायिक विद्यालय , शिक्षा , स्वास्थ्य र कर्मचारीतन्त्रमा समेत सरकारले दुइ तिहाईको दम्भ देखाउदै आफु अनुकुल बनाउदै लगेको भन्दै यसो भएमा कांग्रेस अवका दिनमा चुप लागेर नबस्ने समेत बताउनुभयो ।
‘यसले अन्तराष्ट्रिय रुपमा पनि सरकारको छवि राम्रो नहुने सिटौलाको भनाई थियो । सिटौलाले नेकपालाई बहुमत दिएर कुरा कम काम बढी गर र कांग्रेसलाई प्रतिपक्षमा बसेर सरकारका काम कार्वाहीको वाचडगका रुपमा काम गर भन्ने जनादेश दिएपनि यसको ठिक उल्टो काम सरकारले गरिरहेको भन्दै अवका वाकी दिन कांग्रेस कमजोर पतिपक्षको रुपमा रहिरहन नसक्ने बताउनुभयो । यसका लागि कांग्रेस जनताको घरघरमा जनजागरण अभियान लिएर जाने निर्णय गरिसकेको बताउनुभयो ।