कनकाई अनलाईन ।
जिल्लाभरका ४५ भजन टिमलाई पराजित गर्दै भजन प्रतियोगितामा प्रथम हुन सफल झापा सुरुङ्गाका राजन दाहाल र गायिक प्रज्ञा जोशीलाई आज विशेष कार्यक्रमका विच सम्मान गरिएको छ ।
पाथिभरा परोपकार संस्था कनकाई नगरपालिका ३ ले आज दिपावलीको अवशरमा आयोजित शुभकामना कार्यक्रम तथा देउसी भैली कार्यक्रमका विच गत दसैँमा कोटीहवनमा विश्व शान्ति ट्रस्टद्धारा लगाइएको लक्ष्यपुजन कार्यक्रममा पाथिभरा किर्तन मण्डलीको टिमबाट सहभागि भएको टोली प्रथम भएको थियो ।
जसमा भजन राजन दाहाल र प्रज्ञा जोशीले गाउनुभएको थियो । भजनमा प्रथम हुने दाहाल र जोशीलाई पाथिभरा परोपकार संस्थाकी अध्यक्ष यदुका उप्रेती , उपाध्यक्ष निलकृष्ण सेढाँई , सचिव दिनानाथ खतिवडा , लेखा समिति संयोजक तेजु प्रधान , समाजसेवी भक्ति पाठक , नरेन्द्र फुयाँल , डिल्ली प्रधान , मन्दिर निर्माण समितिका संयोजक रमेश हुमागाँई लगायातले सम्मानपत्र दोसल्ला सहित सम्मान गरेका हुन ।
Trending
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम