कनकाई अनलाईन
कनकाई नगरपालिका क्षेत्रकै सोलुखुम्बु नामले परिचित कनकाई नगरपालिका ४ इलुवावारी त्रिवेणी टोलमा पिच भएपछि यस क्षेत्रका मानिसहरु हर्षित बनेका छन ।
आज वेलुकी प्रदेशसभा सदस्य हिराकुमार थापा , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , वार्ड अध्यक्ष गोविन्द्रप्रसाद पौडेल लगायातका टोलीले निर्माण कार्य सकिएको माइखोला हुदै पुर्वपश्चिम राजमार्ग चोक सुरुङ्गा चोक जोडने मध्येको ३ सय ९० मिटर बाटो कालोपत्रेको आज उदघाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा यस क्षेत्रका उपभोक्ता समेत रहनुभएका कनकाई सामुदायिक वन समुहका सदस्य शिवहरी मैनालीले जहिलेपनि पेन्ट सुर्केरमात्रै बाटो काट्नुपर्ने यस बाटो पिच होला भनेर कल्पना समेत नगरिएको भन्दै बाटो निर्माण गर्ने समिति र नगरपालिकालाई धन्यावाद दिनुभयो ।
कार्यक्रममा कनकाई नगरपालिका र स्थानीय उपभोक्ताविच बराबरीको लगानीमा ४१ लख ५९ हजार ७०० को लागतमा बाटो निर्माण गरिएको बाटो निर्माण समितिका सचिव युगल दवाडीले जानकारी दिनुभयो ।
कनकाई नगरपालिकाले बाटो निर्माणका लागि २० लाख रुपैँया सहयोग गरेको थियो । २० लाख भन्दा वढी रुपैँया स्थानीयले रकम संकलन गरेर लागत स्तमेट भन्दा वढी बाटो उपभोक्ताले निर्माण गरेका हुन । कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रदेशसभा सदस्य हिराकुमार थापाले जहिल्यै पछाडि परेको यस त्रिवेणी टोलले अरु टोलका लागि समेत उदाहणीय कार्य गरेको बताउनुभयो । कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले यस बाटो निर्माणपछि जनताले चिताएको खण्डमा जस्तोसुक्कै विकास निर्माणका लागि अरुको मुख ताकिरहनु नपर्ने बताउनुभयो । उहाले जनताकै सक्रियताका कारण कनकाई नगरपालिकाले गत आर्थिक बर्षमा लक्ष्य राखिएको ५ किलोमिटर क्षेत्र पिचको लक्ष्य पुरा गरेको तथा ५० किलोमिटर सम्म बाटो ग्राभेल गर्ने लक्ष्य राखिएकोमा ७२ किलोमिटर क्षेत्र ग्राभेल गर्न सकिएको बताउनुभयो ।
वार्ड अध्यक्ष गोविन्द पौड्यालले ४ नम्बर बार्ड क्षेत्रकै दोस्रो पिच यस क्षेत्र भएर सबै वार्डबासीलाई विकासको मोडल सिकाएको बताउनुभयो । बाटो निर्माण समितिका अध्यक्ष नेत्रप्रसाद दंगालको सभापतित्व तथा वार्ड सदस्य रोषन सुवेदीको संचालनमा भएको कार्यक्रममा बाटो निर्माण समितिका खगेन्द्र अधिकारीले स्वागत गर्नुभएको थियो ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति