कनकाई अनलाईन
अव्यवस्थित बसोवासलाई व्यावस्थित पार्ने र ऐलानी जग्गाको पुर्जा प्रदान गर्ने तयारी झापाको कनकाई नगरपालिकाले शुरु गरेको छ ।
कनकाई नगरपालिकाले यसका लागि हाल नगरका ९ वटै वार्डमा ऐलानी जग्गाको लगत संकलन शुरु गरेको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार कनकाई नगरपालिकाभित्र जम्मा रहेका ११ हजार घरधुरीमध्ये ५ हजार भन्दा बढी घरधुरीहरु अझैपनि ऐलानी जमिनमा बसोवास गरिरहेका छन । सोमवारदेखि हरेक वार्डमा शुरु भएको ऐलानी जमिनको लगत संकलन एकसातासम्म सम्बन्धित वार्डमै रहने पोखरेलले जानकारी दिनुभयो ।
हाल ऐलानी जमिनको भोगाधिकार तथा लालपुर्जा बाढ्ने काम सम्बन्धित नगर वा प्रदेश कसले गर्ने भन्नेमा विवाद भैरहेको वेला कनकाई नगरपालिकाले भने जिल्लामै प्रथमपटक लगत संकलन शुरु गरेको छ ।
आफुले निर्वाचनका वेला सबैभन्दा पहिले ऐलानी जमिनको धनीपुर्जा वितरण गर्छु भनेर वाचा गरेकाले वाचा अनुरुप धनुपुर्जाका लागि तयारी थालेको नगरप्रमुख पोखरेलले बताउनुभयो । पछि ऐलानी जमिनको धनीपुर्जा प्रदेशले वाढेपनि लगत संकलनबाट धनीपुर्जा वितरणमा मद्धत मिल्ने पोखरेलको भनाई छ । हरेक वार्डमा धनीपुर्जाको लगत संकलन शुरु गरिएसगै प्रत्येक वार्डमा धनीपुर्जाका लागि लगत दिनेको भीड लागेको छ ।
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा