कनकाई अनलाईन
इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखमा प्रहरी नायव निरिक्षक (सई ) गोकर्ण कार्की आउनुभएको छ ।
यस पहिलेका प्रमुख श्याम पौडेलको स्थानमा इटहरीबाट कार्की सुरुङ्गा आउनुभएको हो । यसैविच कार्कीले यस क्षेत्रको शान्तिसुरक्षा लागि थप मजबुद बनाउनका लागि नागरिक र प्रहरीविच सहकार्य गर्न आज अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा कम्युनिष्ट नेता खेम मिश्र , कांग्रेसका महाधिवेशन प्रतिनिधि रमेश श्रेष्ठ , कनकाई नगरपालिका वार्डनम्बर २ का वार्डअध्यक्ष परशुराम गिरी , ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया , ४ का अध्यक्ष गोविन्द पौडेल , ६ का अध्यक्ष लक्ष्मी ओली , कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल , सुरुङ्गा जेसिजका अध्यक्ष भीम भट्टराई , सुरुङ्गा बजार व्यावस्थापन समिमिका अध्यक्ष देवि खरेल , सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष सुदिप भण्डारी , संचारकर्मी लीलाराज झापाली लगायातले यस क्षेत्रका समस्या र प्रहरीको भुमिकाका वारेमा सुझाव राख्नुभएको थियो ।
सहभागिहरुले यस क्षेत्रको मुख्य समस्याहरु काठचोरी तस्करी , लागुऔषध र्दुव्यावसन , हात्तीको समस्या , सवारी दुर्घटना र तीब्र गति , प्रहरी भवनको अभाव लगायातका वारेमा बोल्नुभएको थियो । कार्यक्रममा प्रहरी प्रमुख कार्कीले आफु यस क्षेत्रका जनता कसैलाईपनि विभेद नर्गने तथा यस क्षेत्रका समस्याका समाधानका लागि नागरिकसग मिलेर अगाडि वढ्ने बताउनुभयो ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति