कनकाई अनलाईन
हुलाकी सडक अन्र्तगत सहायक राजमार्गका रूपमा रहेको केचना चाराली सडकको पृथ्वीनगर खण्डका स्थानीयले घरनक्सा पास रोकेर नगर प्रशासनले अन्याय गरेको भन्दै भद्रपुर नगपालिका कार्यालयमा धर्ना दिएका छन् ।
सडक विस्तारको नाममा घरनक्सा पास रोकेर नगरपालिकाले सडक आसपासका सर्वसाधारणलाई सुकुम्बासी बनाउने षड्यन्त्र गरेको भन्दै पीडित स्थानीयले नगरपालिका कार्यालयमा दुई घण्टा विरोध स्वरूप धर्ना दिएका हुन् ।
झापाको चाराआली–केचना सडको साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका अन्तरगत भद्रपुर १, २ र ३ नम्बर वडामा बसोबास गर्दै आएका स्थानीयले नम्बरी जगाका रूपमा भोगचलन गर्दै आएको राजमार्ग आसपासको जमिन हडप्न स्थानीय तहबाटै सरकारले काम गर्न खोजेको आरोप समेत लगाएका छन् ।
स्थानीयले घर–नक्सापास पीडित न्याय माग समिति गठन गरेर ५ महिनायता शिवकुमार राजभण्डारीको संयोजकत्वमा आन्दोलन गरिरहेका छन् । सोही समिति मार्फत साढे चारसय भन्दा बढी नगरबासी धर्ना दिन आएका थिए । पीडित स्थानीयले नक्सापास कि क्षतिपुर्ति न्यायको लागि हाम्रो प्रस्तुती, जनताको सम्पत्ति रक्षा गर अनिमात्र तिर्छौ राजस्व र कर, हाम्रो प्रतिनिधि स्थानीय सरकार अन्यायनगर खबरदार लगायत कानारा लगाउदै भद्रपुरको झापा चौकबाट संगठित रुपमा नारा लगाउँदै कार्यालयमा आएका थिए ।
नगरपालिकाले आफ्नो पीडालाई सम्बोधन नगरेपछि दवाव स्वरूप दिउँसो १.३० बजेदेखि दुई घण्टा तालाबन्दी गरेर धर्ना दिएका थिए । भद्रपुर नगरपालिकाले सडक आसपासका घर–नक्सापासमा रोक लगाएपछि समिति गठन गरी संघर्ष गरिरहेका स्थानीयको आवाज नगर प्रशासनले नसुन्दा आक्रोसित बनेका स्थानीय नगर कार्यालयमा तालाबन्दी गर्ने तयारीका साथ आउका थिए तर नगरमा रहेका राजनीतिक दलका प्रतिनिधिहरुले घरनक्सा पीडितका समस्या हल गर्न नगर प्रशासनसित छलफल गरी समाधानको उपाय निकाल्न समय माग गरेपछि तालाबन्दीको कार्यक्रम रोकेर आन्दोलनकारी धर्नामा बसेका हुन् ।
पीडितका माग प्रति ऐकेबद्धता पकट गर्दै नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल, तत्कालिन एमालेका तर्फबाट अशारु राजवंशी, तत्कालिन माओवादी केन्द्रका तर्फबाट नरेश सञ्जेल, राप्रपाका बाब्राम पराजुली र संघीय फोरमका पृथ्वीनारायण कार्कीले घरनक्सा समस्या हल गर्न नगर नेतृत्व र पीडित बीच मध्यस्तता गरी समस्या हल गरेरै छाडिने प्रतिबद्धता जाहेर गरेका थिए ।
विगत ५ महिना ५ दिनदेखि सुकुम्बासी बन्न लागेका पीडित नगरबासी लागि लड्दै आएको समितिले स्थानीय तह हुदै प्रदेश १ का मुख्यमन्त्री , प्रधानमन्त्री कार्यालयसम्म मागपत्र सहितको ज्ञापनपत्र बुझाइसकेको संघर्ष समितिका संयोजक शिवकुमार राजभण्डारीको भनाई छ । उनी भन्छनर्् सम्मृद्धिका भाषणवाजी गरिरहेका स्थानीय तहदेखि संघसम्मका उपल्ला नेताहरु नागरिक सुकुम्बासी बनाएर आफूलाइ वीर, बहादुरमा गनिरहेका छन’् । अघिल्लो वर्षको जेठ महिनाको चर्को घाममा जनताका घर घर पुगेर हरेक समस्या छिनभरमै समाधान गर्ने कसम खाए नगरबासीको मत बटुलेका नगर प्रमुखले आफ्नो वचन भुलेर यस वर्षको जेठको चर्को घाममा जनतालाई व्यक्तिगत सम्पत्ति जोगाउन सडकमा कुद्न बाध्य बनाएको भन्दै आक्रोसित बनेका संयोजक राजभण्डारीले साविका पृथ्वीनगरका जनताको रगत पसिनाको सम्पत्ति हडप्न प्रपञ्च नरच्न चेतावनी समेत दिएका छन् ।
संयोजक राजभण्डारीका अनुसार घरनक्सा आन्दोलन तुहाउन विपक्षी दलको चलखेल भने नगर प्रशासनले पीडित नागरिक बीच द्वन्द्व सिर्जना गर्न अनेक चलखेल गरिरहको छ । जनताका समस्यालाइृ राजनीतिककरण गर्ने दुस्साहस गरे शान्तिपूर्ण आन्दोलन हतियारधारी युद्ध बन्ने अवस्था आए नगर प्रशासन जिम्मेवार हुनु पर्ने राजभण्डारीको चेतावनी छ ।
उनकाअनुसार यस बिषयमागत पुस १९ गते वडा कार्यालय हुर्दै नगरपालिका समक्ष मागपत्र पेश गरिसकेको, चैत १२ गते प्रधानमन्त्री कार्यालयमा न्यायलाई ज्ञापनपत्र बुझाएको र चैत २६ गते पुनःनगरपालिका, प्रदेश १ कामुख्यमन्त्रीको कार्यालय, जिल्ला समन्वय समिति, जिल्लाप्रशासन कार्यालय झापा, सांसद, वडाध्यक्षलाई लिखित पत्रबुझाइसकीएको छ । तर पनि नगर प्रशासन संवेदनशील बन्न नसक्दा घर नक्साका कारण व्यक्तिगत कारोवार गर्न स्थानीय बन्देज भएका छन् ।
भद्रपुर,
झापाको चन्द्रगढीमा उपभोक्ता सचेतना सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा वजार अनुगमन समसया र चुनौति विषउमा सरोकार वाला, उपभोक्ता अधिकारकर्मी लगायतसित अन्र्तक्रिया गरिएको हो ।
विभागका शाखा अधिकृत रामकृष्ण श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा कृष्णप्रसाद भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति