प्रथम सुर्योदय मेयर कप फुटबलमा चार जिल्लाका एघार टिम भिड्ने


  • नमीन ढकाल

फिक्कल । इलामको सुर्योदय नगरपालिकाको आयोजनामा फागुन १९ देखीे प्रथम सुर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता संचालन हुने भएको छ । प्रतियोगितामा मेची अञ्चलका १४ नगरपालिकालाई लक्षित गरि सुरु आयोजना गरिएको प्रतियोगितामा ११ नगरपालिकाको सहभागीता रहने पक्का भएको आयोजक समितीले जनाएको छ ।

झापाको गौरादह, दमक र ताप्लेजुङको फुङ्लिङ्ग नगरपालिका सहभागी नहुने आयोजक समितिका संयोजक एवम नगर उपप्रमुख दुर्गादेवि भट्टराईले जानकारी दिइन् ।  करफोक खेल मैदानमा हुने प्रतियोगिताका विजेतालाई एक लाख २५ हजार नगद र सिल्ड प्रदान गरिने छ भने उपविजेताले ८५ हजार नगद पाउने छ । प्रतियोगिता सम्पन्न गर्न ८ लाख २४ हजार खर्च हुने आयोजक समितीको अनुमान छ । प्रतियोगिताको सर्वोत्कृष्ट ६ विधाका खेलाडीहरुलाई शिल्ड र मेडल प्रदान गरिनेछ ।

प्रतियोगिताका लागि सुर्योदय नगरपालिकाले खेलाडी छनौट सम्पन्न गरेको संयोजक भट्टराईले जानकारी दिइन् । यस अघि नगर भित्रका फुटबल क्लवहरु विच फुटवल प्रतियोगिता गराएर खेलाडी छनौट गरेको नगरपालिकाले अहिले आफ्ना खेलाडीहरुलाई क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिइरहेको खेलाडी छनौट समितिका युवराज प्रधानले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते हुने आयोजकले जनाएको छ ।

आयोजकको कमजोर व्यवस्थापन
सुर्योदय नगरपालिकाले प्रथम पटक प्रतियोगिता आयोजना गरेपनि खेलाडी व्यवस्थापनमा आयोजक समितीले चासो दिएको छैन । आमन्त्रित प्रतियोगिता भनेर मेची अञ्चलका अन्य नगरपालिकाहरुलाई सहभागी गराएपनि खेलाडीहरुलाई खान र वस्नको लागी भनेर नगरपालिकाले कुनै पनि व्यवस्थापन नगरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।  आयोजक समितीकी संयोजक दुर्गा भट्टराईले भनिन ‘ आफनो नगरपालिकाको खेलाडी व्यस्थापन स्वयम नगरपालिकाले गर्नुपर्ने छ । खाने, बस्नेको व्यवस्था आयोजक समितीेले गर्दैन । ’

 


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू