काठमाडौँ, माघ २९ गते । नेकपा माओवादी ९केन्द्र०ले प्रतिनिधि सभातर्फ निर्वाचित समानुपातिक सदस्यको नामावाली निर्वाचन आयोगमा सोमबार बुझाउने भएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले समानुपातिक उम्मेदवार सूचीबाट १७ जनाको नाम सोमवार बुझाउने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, प्रतिनिधिसभा तर्फ निर्वाचित समानुपातिक सदस्यको नामावली लगभग टुङ्गो लागिसकेको छ, पार्टी अध्यक्ष प्रचण्ड चितवनबाट फर्केपछि आयोगलाई बुझाउँछौँ । प्रवक्ता भुसालले निर्वाचन आयोगमा बुझाएको उम्मेदवारको सूचीको क्रमसंख्या र समावेशी समूहअनुसार नै समानुपातिक सदस्य चयन हुने बताउनुभयो ।
माओवादीले एक जना पुरुष र १६ जना महिला सदस्यको सूची आयोगमा बुझाउनु पर्ने हुन्छ । क्रमसंख्या र समावेशी समूहअनुसार एक जना पुरुष चयन गर्दा खस आर्यबाट हितराज पाण्डे, जनजातिबाट सुनिलकुमार मानन्धर, मधेशीबाट जोगकुमार बरबरिया यादव, दलितबाट तिलक परियार, थारुबाट रामजी चौधरी र मुस्लिमबाट हकि कुल्लाह मुसलमानमध्ये एकजनाको नाम चयन गर्नुपर्ने देखिएको छ । पार्टी स्रोतका अनुसार एक जनाको सूचीमा खस आर्यबाट हितराज पाण्डेको नाम चयन भएको छ ।
खसआर्य पुरुष
हितराज पाण्डे
खसआर्य महिला
रेखा शर्मा
पूर्णकुमारी सुवेदी
धर्मशिला चापागाँई
सत्य पहाडी
सीता पोखरेल
आदिवासी जनजाति महिला
जयपुरी घर्तीमगर
शशी श्रेष्ठ
ओनसारी घती
यशोदा गुरुङ्ग
अमृता थापा
दलित महिला
अञ्जना विशङ्खे
दुर्गा विक
मधेशी महिला
इन्दु शर्मा
बोधमाया यादव
थारु महिला
रामकुमारी चौधरी
मुस्लिम महिला
चाँदतारा कुमारी
गोपबाट
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति