राम निरौला
सुरुङ्गा,११ माघ÷सुरुङ्गा जेसीजले आफ्नो वार्षिक क्यालेन्डर अनुसार कनकाई नगरपालिका ४ टेक्रा स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
जाडो र गर्मीको दोसाँध पारेर विद्यालयका गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई जाडो तथा गर्मीका कपडा वितरण गरीएको सुरुङ्गा जेसीज वर्ष २०१७ का कार्यकारिणी उपाध्यक्ष राम निरौलाले वताएका छन् । दलित,आदिवासी,सिमान्तकृत, मुसहर लगायतका विभिन्न जातजातिका वालवावलिकाहरुको वाहुल्यता रहेको सो क्षेत्रमा सुरुङ्गा जेसीजवाट भएको सहयोग महत्वपूर्ण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र डाँगीले वताएका छन् ।
सुरुङ्गा जेसीज वर्ष २०१७ का अध्यक्ष जविन तिम्सिनाको अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र डाँगीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डम्वर फूयालले स्वागत मन्तव्य राख्दै जेसीजले मानविय सेवामा गरेको योगदानको प्रशंसा गरेका थिए । सुरुङ्गा जेसीजका निवर्तमान अध्यक्ष सरला पोखरेल, पूर्व अध्यक्ष एवम् कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, पूर्व अध्यक्ष मोतीखर ओझा, सुरुङ्गा जेसीज वर्ष २०१८ का अध्यक्ष भिमप्रसाद भट्टराई लगायत जेसीजका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन सिंहदेवी आधारभूत विद्यालयका शिक्षक विरेन्द्र ओलीले गरेका थिए ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति