सुमोको ठक्करबाट दमकमा एकको मृत्यु


कनकाई अनलाईन

दमक स् झापाको कमल गाउँपालिका(५ पाडाजुँगी चोकमा टाटा सुमोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। उनको नाम थर वतन खुल्न नसकेको प्रहरीले जनाएको छ।अन्दाजी ६० वर्षीया पैदलयात्री महिलालाई पूर्वबाट पश्विमतर्फ आउँदै गरेको को १ च ५४२८ नम्बरको बुधबार बेलुका ९ बजेतिर ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते उनको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा बेलुका १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले जानकारी दिए। ठक्कर दिने सुमोको चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन भने मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू