Kanakai Online

भगवतीको बार्षिक उत्सवमा सम्मान


आइतवार, पौष १५, २०७५ |

कनकाई अनलाईन
भगवती बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औ बार्षिक उत्सव विविध कार्यक्रमका विच मनाएको छ ।
प्रदेश सभा सदस्य माननीय हिराकुमार थापाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा २०५७ सालमा सुरुङ्गामा यस संस्थालाई स्थापना गर्ने तत्कालिन २५ जना संस्थापक शेयर सदस्यहरुलाई सम्मानित गरिएको थियो भने जेष्ठ ३८ जना संस्थाका शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष तिलचन उपे्रतीको अध्यक्षतामा भएको कार्यक्रममा न्यायधिस धु्रब उप्रेती , कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल , जिल्ला सहकारीका अध्यक्ष गणेश ढकाल , सचिव लीला भण्डारी , लगायातले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन लीला भेट्वालले गर्नुभएको थियो ।

सम्बन्धित खबर