कनकाई अनलाईन
कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाको नेतृत्वका लागि आज निर्वाचन हुदै छ ।
आज बिहान ८ ः ३० बजेदेखि भएको निर्वाचनमा कुल १३ सय ८५ मतदाताले मतदान गर्दै छन । यो समाचार तयार पार्दासम्म विहान ११ ः १५ बजेसम्ममा जम्मा ३ सय २२ जना मतदाताले मतदान गरिसकेको निर्वाचन समितिका सदस्य ज्योतीकुमार उप्रेतीले बताउनुभयो ।
आज भएको निर्वाचनमा किरियापुत्री होमकुमारी कुमाल र प्रदेशसभा सदस्य हिराकुमार थापाले समेत बिहान ११ बजे एक्कैसाथ मतदान गर्नुभएको छ । आजै ३ बजेसम्म मतदान सकाएर आजै बेलुकी ५ बजेदेखिनै मतगणना थालिने निर्वाचन समितिका संयोजक प्रकाश चुडालले बताउनुभयो । निर्वाचनमा मिनाल तिम्सिनाको नेतृत्वमा संयुक्त व्यावसायिक प्यानल र त्रिलोचन चिमरियाको नेतृत्वमा लोकतान्त्रिक प्यानलबाट निर्वाचनमा होमिएका छन । कुल १७ पदमध्ये बरिष्ठ उपाध्यक्षमा सोमनाथ उप्रेती सर्बसम्मत बनेपछि बाकी १६ पदका लागि दुबै प्यानलबाट ३२ जना उम्मेद्धारहरु चुनावी दौरानमा उभिएका छन ।
यसैविच यस पटकको निर्वाचनलागि पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य लीलाराज झापाली सहित , पत्रकार महासंघका केन्द्रिय सदस्य मोहनकाजी न्यौपाने , ज्ञानेन्द्र निरौला , आर्थिक पत्रकार मंचका जिल्ला अध्यक्ष रोहित काफ्ले र सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौलासहितको टोलीले निर्वाचनको अनुगमन गरेको छ ।
तस्बीर ः मतदान गर्दै किरियापुत्री कुमाल र प्रदेशसभा सदस्य हिरा थापा लीलाराज झापाली


