Kanakai Online

कनकाई उद्योग बाणिज्य संघमा दुई पक्षिय भीडन्त


सोमवार, पौष ९, २०७५ |

कनकाई अनलाईन
कनकाई उद्योग बाणिज्य संघको आगामी पुस १२ गते बिहीबार हुन गइरहेको निर्वाचनमा दुई पक्षिय भीडन्त हुने पक्का भएको छ ।
यस क्षेत्रका स्थापित व्यावसायी मिनाल तिम्सिना र अर्का युवा व्यावसायी त्रिलोचन चिमरियाले आआफ्नो प्यानल बनाएर निर्वाचनमा होमिएसगै कनकाई उद्योग बाणिज्य संघ र यस क्षेत्रका व्यापारी व्यावसायीलाई चुनावी चटारोले छोपेको छ ।
कुल १३८५ मतदाता रहेको यस संघमा मनोनित ४ सहित जम्मा २१ प्दका लागि निर्वाचन हुने हो । जसमा यसैबर्ष खडा गरिएको बरिष्ठ उपाध्यक्षमा सोमनाथ उप्रेती सर्बसम्मत भएपछि हाललाई अध्यक्ष , उपाध्यक्ष दुई , महासचिव , सचिव दुई , कोषाध्यक्ष र अन्य सदस्य ६ र ३ महिला सदस्य गरि १६ पदको लागि निर्वाचन हुदै छ ।
यी १६ पदका लागि दुबै प्यानलबाट ३२ जना उम्मेद्धारहरुले उम्मेद्धारी दिएर चुनावी मैदानमा उत्रिएका छन । मिनाल तिम्सिना यस अघि कनकाई उद्योग बाणिज्य संघमा उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन भने चिमरिया समेत यस अघि सहसचिव पदमा उम्मेद्धार बनेर एक कार्यकाल विताइसकेका छन । यी दुइले नेतृत्व गरेकाहरुमा मिनाल तिम्सिनाको प्यानललाई बाम पार्टीहरुको समेत समर्थन छ यस प्यानलबाट बरिष्ठ उपाध्यक्षमा यस अघिनै सोमनाथ उप्रेती सर्बसम्मत बनिसकेका छन भने तिम्सिनाको प्यानलबाट बाणिज्य उपाध्यक्षमा कृष्णप्रसाद चुडालले उम्मेद्धारी दिएका छन उनी उद्योग बाणिज्य महासंघ प्रदेश कमिटिको उपसमितिको समेत सदस्य छन । बाणिज्य उपाध्यक्षमा चिमरिया प्यानलमा कांगेसका युवा नेता अर्जुन बोहोरा उठेका छन । यसैगरि उद्योग उपाध्यक्षमा तिम्सिना प्यानलमा यस क्षेत्रका मारवाडी व्यावसायी अनिल गोयलले उम्मेद्धारी दिएका छन भने चिमरिया प्यानलबाट पुण्यप्रसाद सिटौलाले उम्मेद्धारी दिएका छन सिटौला हालका संघका सदस्य पनि हुन ।
यसैगरि महासचिवमा तिम्सिना प्यानलबाट महिला नेत्री खिनमाया आचार्यले उम्मेद्धारी दिएकी छिन उनी उद्योग बाणिज्य संघकी यस अघिकी कोषाध्यक्ष पनि हुन । महासचिव पदमा चिमरिया प्यानलबाट तुलसी बिमलीले उम्मेद्धारी दिएका छन बिमली तरुण दलका कनकाई नगर अध्यक्ष समेत हुन । यसैगरि बाणिज्य सचिवमा तिम्सिना प्यानलबाट विश्व बिजय खरेलले उम्मेद्धारी दिएका छन उनी संघका यसअघिका सदस्य पनि हुन । यता चिमरिया प्यानलबाट बाणिज्य सचिवमा प्रकाश प्रसाई डम्बरले उम्मेद्धारी दिएका छन प्रसाई यस क्षेत्रका पुराना दन्त चिकित्सक पनि हुन । यसैगरि तिम्सिना प्यानलबाट उद्योग सचिवमा पदम ओली र चिमरिया प्यानलबाट राजकुमार शाह र कोषाध्यक्षमा तिम्सिना प्यानलबाट अनिता मैनाली र चिमरिया प्यानलबाट भरत अधिकारीले उम्मेद्धारी दिएर प्रचार प्रसारमा होमिएका छन । यसैगरि ६ जनाको सदस्य पदमा तिम्सिना प्यानलबाट श्रीप्रसाद खरेल , गोबिन्द सुबेदी , उत्सव बास्तोला , नवराज सुबेदी , टंकप्रसाद भट्टराई र सुबास डाँगीले उम्मेद्धारी दिएर प्रचारप्रसारमा होमिदा चिमरिया प्यानलबाट समेत दिपक खतिवडा , माधव पोखरेल , झलक सिटौला , संन्जय गजुरेल गंगाराम , भरत सापकोटा र सन्तोस प्रसाईले उम्मेद्धारी दिएर प्रचारमा निस्किएका छन । ३ जना महिलाको पदमा समेत दुबै पक्षबाट ६ जनाले उम्मेद्धारी दिएका छन जसमा तिम्सिना प्यानलबाट लक्ष्मी बस्नेत , चित्राकुमारी श्रेष्ठ , र निर्मला चाम्लिङ्ग राई तथा चिमरिया प्यानलबाट भुमा गौतम , शान्तादेवि अधिकारी र तारामाया राई चुनावी मैदानमा छन ।