Kanakai Online

उत्सव बास्तोला बाणिज्य संघकै कान्छो उम्मेद्धार


शनिवार, पौष ७, २०७५ |

कनकाई अनलाईन
कनकाई उद्योग बाणिज्य संघको आसन्न पुस १२ गते हुन गइरहेको निर्वाचनमा बाम प्यानलबाट उम्मेद्धारी दिएका सदस्य पदका उम्मेद्धार उत्सव बास्तोला सबैभन्दा कान्छा उम्मेद्धार बनेका छन ।
आज सार्बजनिक भएको उम्मेद्धारको सुचीमा २३ बर्षिय बास्तोलाको सदस्य पदमा उम्मेद्धारी परेको अन्तिम नामावलीमा उल्लेख छ ।
बास्तोला नेकपा कनकाई नगर कमिटीका नगर सदस्य समेत हुन भने अखिल क्रान्तिकारी जिल्ला कमिटीका कोषाध्यक्ष समेत हुन । स्नानत तह उर्तिण गरेका विद्यार्थी नेता बास्तोलाले आफुले निर्वाचन जितेमा अवको २० बर्ष निरन्तर समाजसेवामा लाग्ने र आफुसग केन्द्रिय नेताहरुसग राम्रो सम्बन्ध भएकाले कनकाई नगरमा लामो समयदेखि देखिदै आएको नेतृत्वको खडेरी तोड्ने बताए ।
यस निर्वाचनमा ६ वटा सदस्य पदको उम्मेद्धारमा बास्तोला सहित १२ जना उम्मेद्धारहरु बाम प्यानलबाट बास्तोला सहित श्रीप्रसाद खरेल , गोविन्द सुवेदी , नवराज सुवेदी , टंकप्रसाद भट्टराई , सुवास डागीले उम्मेद्धारी दिदा कांग्रेसको प्यानलबाट दिपक खतिवडा , माधव पोखरेल , झलक सिटौला , संजय गजुरेल , भरत सापकोटा र सन्तोस प्रसाईले उम्मेद्धारी दिएर प्रचारमा उत्रिएका छन ।

सम्बन्धित खबर