Kanakai Online

पुर्वेली शान गायक सुमित पाठक आइडलको नजिक


शनिवार, मंसिर १५, २०७५ |

कनकाई अनलाईन ।
सुमधुर स्वरका धनी र नेपाल आइडल सिजन टु का सबैभन्दा कान्छा प्रतिस्पर्धी झापाली गायक सुमित पाठक नेपाल आइडल सिजन दुइको उपाधि नजिक पुगेका छन ।
आइडलका सबैभन्दा कान्छा गायक पाठक यसपटक पनि अन्य प्रतिस्पर्धीलाई पछि पार्दै टप ५ भित्र पर्न सफल बनेका हुन । यदपि यस अघिल्लो साता सर्वाधिक भोट पाएका पाठक यस पटकभने कम भोटका कारण बटम थ्री मा परेका छन । यसैविच यसपटक गायक सुमित पाठकलाई सर्वाधिक भोट दिलाउन आफुहरु लागि परेको सुमित पाठक जिताउ अभियानका प्रेस सहसंयोजक डिल्लीराम घोर्साइले बताए । उनलाई जिताउन विश्वका ५० वढि देशमा सुमित पाठक जिताउ सहयोग समिति गठन भइसकेको छ ।
राम्रो गायकि हुदाहुदैपनि गोल्डेन माइक विजेता सुमित यस एपिसोटमा वटम थ्रीमा परेपछि भोटकै कारण राम्रो प्रतिभा बाहिरिन लाग्यो भन्दै झापा र आसपासका जिल्ला तथा देश विदेशमा रहनेसबै संगितप्रेमीहरुले यस पटक सुमित पाठकलाई भोट गरि विजयी बनाउन लागिपरेका छन । उनको जन्मथलो झापा सुरुङ्गामा भोटिङ्गका लागि एक सय जना तालिमप्राप्त युवाद्धारा रातभर भोटिङ्ग गर्ने प्रबन्ध मिलाइएको छ भने भोटिङ्ग क्याम्प शिविरनै समेत संचालन गरिने भएको छ ।
भोटका लागि धेरै संगितप्रेमीहरुले आफुलाई भोट गर्न मन भएर पनि समय र तरिका झन्झटिलो भएको भनि भोट बराबरको नगदै सहयोग गरेपछि यी तालिमप्राप्त युवाबाट गु्रपिङ्ग भोटिङ्ग थालिएको सुमित पाठक जिताउ अभियान झापाका संयोजक तथा कनकाई उद्योग बाणिज्य संघ झापाका अध्यक्ष कुमारमणि पोखरेलले कनकाई अनलाईनलाई बताउनुभयो । भने झापाका ५ सय भन्दा वढी व्यावसायीहरुले हरेक श्रृङ्खलामा आफुहरुले नगद १ हजारका दरले भोटिङका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आर्थिक संकलनका लागि यस क्षेत्रका अग्रज समाजसेवी तथा सुरुङ्गा जेसिज तथा कनकाई लायन्स क्लवका संस्थापक अध्यक्ष लीला चिमरियाको संयोजकत्वमा आर्थिक संकलन समिति गठन भएको छ ।
सुमितलाई भोटका लागि आर्थिक सहयोग गर्न सुमित पाठक जिताउ अभियानका आर्थिक जिल्ला संयोजक लीलाप्रसाद चिमरिया – ९८५२६७२१८७ मा फोन गरेर सहयोग गर्न पनि सकिने अभियानले जनाएको छ ।