Kanakai Online

कनकाई उवासंघमा सुवेदीद्धारा उम्मेद्धारीको घोषणा


शनिवार, मंसिर १५, २०७५ |

कनकाई अनलाईन
कनकाई उद्योग बाणिज्य संघको चुनावी साधरण सभा नजिकिदै गर्दा उम्मेद्धारीको घोषणा गरेर प्रचार प्रचारमा निस्किनेहरुको सङ्ख्या बढ्दै गएको छ ।
यस विचमा यस क्षेत्रका युवा व्यावसायी गोविन्द शर्मा सुवेदीले समेत आफ्नो उम्मेद्धारी दिने घोषणा गर्नुभएको छ । आफुले अध्यक्ष बाहेकको जुनसुक्कै पदमा उम्मेद्धारी रहने र कुन पदमा उठ्ने भन्नेवारेमा आफुभन्दा अग्रज व्यावसायीहरुसग छलफलमा रहेको पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरि व्यावसायी सुवेदीले जानकारी दिए । व्यावस्थापन संकायमा आइकम गरेका सुवेदी १७ बर्षदेखि भारतको पंजावमा होटल व्यावसाय गर्दै आएका छन ।
उनको हाल भारतको पंजावमा आफ्नै लगानीका ४ वटा होटल संचालनमा रहेको छ ।
झापाको सुरुङ्गामा भने उनको युनिक टेडर्स नामक रेडिमेड कपडा पसल संचालनमा रहेको छ । भारतको व्यावसायमा सबै होटलमा मेनेजर नियुक्त गरेर आफ्नै घर सुरुङ्गा बजारमा समाजसेवा र व्यावसाय गर्ने बताउने सुवेदीले आफ्नो अनुभवले काम गर्न पायो भने यस क्षेत्र र उद्यमी व्यावसायीहरुको जिवनस्तर उकासिनेमा आशावादी रहेको बताउछन । आफु कनकाई उद्योग वाणिज्य संघको नेतृत्वमा आएमा ठुला व्यावसायीलाई प्रोत्साहन गर्दै साना व्यवसायीहरुको जिवनस्तरलाई उकास्नमा विशेष पहल गर्ने बताउनुहुन्छ । आफु उद्योग वाणिज्य संघको नेतृत्वमा रहदा यस संस्थाको उन्नतिमा इटा थप्ने काम हुने सुवेदीको भनाइ छ । कनकाई उद्योग वाणिज्य संघको साधरणसभा आगामी मंसिर २७ गते हुदै छ ।