Kanakai Online

झापामा पत्रकारलाई खाम बाढ्न प्रतिबन्द


सोमवार, मंसिर १०, २०७५ |

कनकाई अनलाईन
पत्रकार महासंघ झापाले आफ्ना सदस्यहरुलाई पत्रकार सम्मेलन वा कुनैपनि संघ संस्थाको कार्यक्रममा जादा खाम लेनदेन नर्गन नगराउन आग्रह गरेको छ ।
आज पत्रकार महासंघ झापाको कार्यालयमा बसेको महासंघको नियमित बैठकबाट झापाका सबै पत्रकारहरुलाई पत्रकार सम्मेलन वा अन्य कार्यक्रममा जादा यातायात खर्च वा अन्य वहानामा लिइने खाम नलिन आग्रह गरेको हो । झापामा हाल २ सय ६८ जना पत्रकार महासंघका सदस्य रहेका छन् भने करिव १ सयको सङ्ख्यामा महासंघको सदस्यता नपाएका अन्य पत्रकार पनि छन । महासंघले पत्रकारिता सुद्धिकरण अभियान अन्र्तगत पत्रकारिताको कार्ड मात्रै लिएर अन्य धन्दा गर्दै आएका तथा निक्रिय अवस्थामा रहेका पत्रकारहरुलाई ससम्मान पत्रकारिताबाट विदाइ गर्ने पनि तयारी थालेको छ ।
झापामा पछिल्लो समय झापाली पत्रकारहरुको कारण आयोजक संस्थाले हैरानी खेप्दै आएका थिए । पत्रकार बोलाएपछि खाममा पैसा हालेर दिनैपर्ने र बोलाएका पत्रकार भन्दा दोब्बर सङ्ख्यामा समाचारै नलेख्ने तर पत्रकारको कार्ड भिरेर पत्रकारहरु कार्यक्रम स्थलमा जादा आयोजकको खर्च बढेको भन्दै सामाजिक संजाल तथा विभिन्न सामाजिक संजाल तथा आम संचार माध्यममा समाचार आलेखनै प्रकाशन हुन थालेपछि पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा बसेको महासंघको बैठकले पत्रकारलाई पत्रकार सम्मेलनमा बोलाएर अनुचित रकम नदिन नलिन आग्रह गरेको हो । महासंघको निर्णयको सर्बत्र स्वागत भएको छ । ग्रैह पत्रकारको सदस्यता खारेजीको कार्यक्रम समेतका लागि अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा समिति गठन गरेरै काम थालिएसगै देशमै पत्रकार महासंघ झापाको कार्यको सर्बत्र स्वागत गरिएको छ ।
यसैविच पत्रकार महासंघ झापाले स्थापना गरेको सहारा उपचार कोषबाट क्यान्सर रोगबाट थलिएकी पत्रकार सुभद्रा खड्का , दुबै मृगौला विग्रिएर उपचार गराइरहनुभएका पत्रकारद्धय अमृतलाल श्रेष्ठ र माया पकुवाल तथा सडक दुर्घटनामा परि घाइते भएका धर्मेद्र मामालाई जनही २० हजारका दरले तथा अर्का पत्थरीको अप्रेसन गराएका पत्रकार बेदप्रसाद हुमागाईलाई ७ हजार रुपैँया आर्थिक सहयोग गर्ने निर्णय गरिएको सहारा पत्रकार उपचार कोषका सदस्य तथा पत्रकार महासंघ झापाका सदस्य लीलाराज झापालीले बताउनुभयो ।

सम्बन्धित खबर