कनकाई अनलाईन
परपम्परागत रुपमा कनकाई माइको वारी पट्टी लाग्दै आएको छठ पुजा यस बर्ष भव्य रुपमा सास्कृतिक कार्यक्रमविच गरिने भएको छ ।
कनकाई छठ पुजा सेवा समितिले लगाउदै आएको सो पुजालाई यस बर्ष थप व्यावस्थित रुपमा लगाउने र पुजा र सास्कृतिक कार्यक्रमको तयारी पुरा गरिसकेको पुजा समारोह मुल समितिका संयोज खगेन्द्र महत्तोले बताउनुभयो । यस बर्ष राष्ट्रिय कलाकारद्धारा यस बर्षको छठ पुजामा सास्कृतिक कार्यक्रम राखिएको छ ।
जसमा शिवसंकर रिजाल जोगेन्द्र पानवाला , सुरेन्द्र केसि मुलाको साग , श्रीकृष्ण लुइटेल बोके दाह्री , गायक प्रेम आङदेम्बे , प्रज्ञा प्रधान र राजेश घतानीको सहभागिता रहने आयोजक समिमिका अध्यक्ष पवन कुमार शाहले बताउनुभयो । छठ पुजाका लागि आगामी कार्तिक ११ गतेदेखि २८ गतेसम्म प्रचार प्रसार गर्ने , कार्तिक २५ गते बजार सरसफाई गरिने , कार्तिक २६ गते खर्ना पुजा गरिने , कार्तिक २७ गतेका दिन विहान ११ ः ४५ बजे विभिन्न संघ संस्थाको आयोजनामा सुरुङ्गा चोकबाट कनकाई नदि पुजा स्थल सम्म र्याली लिएर जाने समेत पत्रकार सम्मेलनमा आयोजक समितिका महासचिव खगेन्द्र महत्तोले बताए ।
यसका लागि १२ लाख ५० हजार ५ सय रुपैँया लागत लाग्ने समेत जानकारी दिइएको थियो । कार्यक्रमको उदघाटन प्रदेश सभापति खगेन्द्र सुब्बाले गदै हुनुहुन्छ । पुजाका लागि ५१ सदस्यीय स्वयमसेवक , १८ विभिन्न उपसमिति र खगेन्द्र महत्तोको संयोजकत्वमा २१ सदस्यीय मुल पुजा समारोह समिति गठन गरिसकेको छ भने सुरक्षाका लागि जनपद र सशस्त्र प्रहरी र स्वयम सेवकको व्यावस्था गरिसकिएको छ । पुजाका लागि अनुमानित १२ लाख ५० हजार रुपैँया लाग्ने अनुमान गरिएको छ । यसवर्ष छठ पुजाका लागि ७ जना पहाडिया मुलका ब्रतालु सहित ७० जना परिवारले घाटमा पुजा गर्दै छन भने पुजाको पुर्व सन्धामा कनकाई माइको पुजा स्थललाई बेहुलीर्झै सिङ्गारिएको छ ।