Kanakai Online

झापामा मनाइयो देवकोटा जयन्ती,संचारकर्मी घिमिरे सम्मानित


बिहिवार, कार्तिक २२, २०७५ |

कनकाई अनलाईन
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।
यसै अवसरमा झापाको काँकरभिट्टा स्थित देवकोटा पार्क संरक्षण उप समितिको आयोजनामा देवकोटा जयन्ती मनाइने भएको छ । काँकरभिट्टा स्थित देवकोटा पार्कमा बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
संरक्षण उपसमितिका अध्यक्ष गणेशकुमार खरेलको सभापतित्व तथा सविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा देवकोटाको पूर्णकदको शालिकमा माल्यपर्ण साथै पानस मा दिप प्रज्वलन गरेर उद्घाटन गरिएको थियो ।
कार्यक्रममा महाकवि देवकोटाले नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानको सबैले चर्चा गरेका थिए । सो अवसरमा झापा जिल्लाका बिभिन्न साहित्यकारहरुले आ आफ्नो रचना समेत प्रस्तुत गरेका थिए । यसै अवसरमा पार्कको बिकासका लागि बिभिन्न क्षेत्रबाट सहयोग पुर्याउने आधा दर्जन सहयोगिहरु लाई सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा मकालु टेलिभिजनका झापा संवाददाता झापाका युवा संचारकर्मी खगेन्द्र घिमिरेलाई प्रचार प्रसारको क्षेत्रमा सहयोग गरे वापत सम्मान पत्रद्धारा सभासद रविन कोइरालाले सम्मान गर्नुभएको थियो । साथै समाजसेवी बालकृष्ण थापा,सहयोगी मेची नेत्रालय,दिपक दाहाल लगायतलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा वरिष्ट साहित्यकार चुडामणि रेग्मी,प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली,मेचीनगर नगरपालिका नगर उपप्रमुख मिना उप्रेती,प्राज्ञ सभा सदस्य यज्ञराज प्रसाई,रामचन्द्र उप्रेती लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा ,प्रदेश सभा सदस्य राधा थापा,भानुसाहित्य प्रतिष्ठानका कृष्णप्रसाद उप्रेती,झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शंकर थापा,मेची नेत्रालयका प्रवन्धक शरदचन्द्र राई लगायतको उपस्थिती रहेको थियो ।
प्रविन बानियाँको स्वागत रहेको कार्यक्रमको सञ्चालक सचिव फडिन्द्र घिमिरेले गर्नु भएको थियो ।