Kanakai Online

प्रदेश स्तरीय भलिवलमा झापा गाउँपालिका सहित ६ टिम बिजयी


मङ्गलवार, कार्तिक २०, २०७५ |

कनकाई अनलाईन
झापा गाउँपालिका शरणामतीमा आजदेखि प्रदेश नम्बर १ स्तरीय राष्ट्रिय भलिवल प्रतियोगिता सुरु भएको छ ।
यस क्षेत्रका संघिय सांसद एलपि साँबा लिम्बुले शरणामतीको जनता माविमा भइरहेको प्रतियोगिताको उद्घान गर्नुभयो । प्रदेश नम्बर १ का कुल १३ टिमको सहभागिता रहेको प्रतियोगिताको उदघाटन खेल धनकुटाकाको पाख्रीवास नगरपालिका र झापाको बाह्रदर्शी गाउँपालिकाविच भएकोमा पाख्रीवास नगरपालिका २१ /२५ र २० /२५ को सोझो सेटमा बिजयी भएको छ ।
यसैगरि दोस्रो खेल विर्तामोड नगरपालिका र धनकुटाकै सागुरीगढी गाउँपालिका विच भएकोमा सागुरीगढी गाउपालिका २ – १ को सेटले बिजयी भएको छ । जसमा खेलको पहिलो सेट सागुरीगढीले २० /२५ ले जित्दा दोस्रो सेट विर्तामोडले २३ – २५ ले जितेको थियो , यसैगरि तेस्रो सेट पुन १८/२५ ले जित्दै सागुरीगढीले खेल आफ्नो पक्षमा पारेको हो । यसैगरि चौथो खेल कनकाई नगरपालिकालाई १५÷२५ र १९÷२५ मा हराउदै भद्रपुर नगरपालिका बिजयी भएको छ । मंगलबारनै भएको चौथो खेलमा ताप्लेजुङ्गको सिदिङ्गबा गाउँपालिका बिजयी भएको छ सिदिङ्गबाले दमक नगरपालिकालाई २४÷२६ र १९÷२५ को सोझो सेटमा पराजित गरेको थियो ।
पाचौ खेलमा गौरादह नगरपालिका बिजयी भएको छ गौरादहले उर्लावारी नगरपालिकालाई १९÷२५ र १४÷२५ को सोझो सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश पाउको हो । प्रतियोगिताको अन्तिम खेलमा आयोजक झापा गाउँपालिका समेत आफ्नो खेलमा बिजयी भएको छ । झापा गाउँपालिकाले कमल गाउँपालिकालाई २– १ को अन्तरले हराएको हो खेलको पहिलो सेट झापाले २१÷२५ ले जित्दा दोस्रो खेल कमलले १८÷२५ ले जितेको थियो खेलको तेस्रो सेट झापा गाउँपालिकाले १८÷२५ ले जित्दै खेल आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिता पर्सी २२ गतेसम्म संचालन हुने र प्रतियोगितामा प्रथम , दोस्रो , तेस्रो र चौथो हुने टिमले क्रमश नगद ६१ ह्जार , ४१ ह्जार १५ हजार र १० हजार मेडल र ट्रफि पाउनेछन । झापाका भलिवल खेलाडीहरुको सो प्रतियोगिता जिल्लास्तरीय छनौट खेल समेत भएको आयोजक झापा जिल्ला युवा भलिवल परिवारका खेल संयोजक गजेन्द्र ताम्लीले बताए ।
प्रतियोगिताको उद्घाटनको अवशरमा संघिय सांसद माननीय एलपिसाँबा लिम्बु , झापा गाउपालिकाको उपाध्यक्ष कुन्तीदेवि बुडाथोकी , वार्डअध्यक्ष हरिबहादुर बानिया , कनकाई उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनाल तिम्सिना , कनकाई लायन्स क्लवका संस्थापक लीला चिमरिया , जनता माविका शिक्षक भक्त बहादुर बानिया , आयोजक समितिका सुमन प्याकुरेल लगायातले लामो समयदेखि यस क्षेत्रका युवाले भलिवल खेल खेलाएर खेलाडी उत्पादन र प्रवद्धनमाा मद्धत पुर्याएको बताउनुभयो । भलिवल प्रतियोगिताका लागि झापा गाउँपालिकाले मुख्य प्रायोजन गरेको र कनकाई नगरपालिका , कनकाई उद्योग बाणिज्य सघ , रानी सामुदायिक वन , कनकाई केवल नेटवर्क लगायातले आर्थिक तथा जिन्सि सहयोग गरेको खेल संयोजक गजेन्द्र ताम्लीले बताए ।

सम्बन्धित खबर